समाचार

कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति

सर्वाेच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर पुनःसुनुवाइ हुन लागेका हो । सो फैसलापछि कोइराला यही साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए । पूर्वडिआइजी कोइरालाले २०६८ सालमा पत्नी गीता ढकालको हत्या गरेर… पुरा पढौ

मुस्ताङमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ । करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प भएको छ । सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनुपरेको छ । बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको… पुरा पढौ

पश्चिम बाग्लुङमा यसै वर्ष बिजुली बल्ने

सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालू वर्ष भने यस बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि लामो दूरीमा विद्युत् चुहावट बढी हुने भएपछि गत वर्ष हरिचौरमा बनाइएको सब स्टेशनबाट विद्युत् विस्तार गर्ने योजनाअनुसार विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम भइरहेको थियो । बडिगाडको तुरतुरे पहिरोसहितका अन्य अवरोधले खम्बा र तार पु¥याउनसमेत ढिलाइ भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण… पुरा पढौ

लायन्स क्लब उज्यालो चौतारीको अक्षयकोष

लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ। पोखरा बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले बताए। उनले भने, अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, यो सानो… पुरा पढौ

मध्यरातमा राजमार्ग एकतर्फी सञ्चालन

मर्मतकार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड गएरातिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् । पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ… पुरा पढौ

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौँ, ११ साउन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।        समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता… पुरा पढौ

पहिराेमा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।        स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।… पुरा पढौ

सञ्चालनको तयारीमा सौराहाका होटल

 भरतपुर, ११ साउन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।        आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । ¥यालीमा १७ सहभागी थिए ।        सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका… पुरा पढौ

राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा

काठमाडौँ, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह हुनुहुन्छ ।        राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको… पुरा पढौ

दूरदराजका जनतामाझ संचार र सूचना प्रविधि पहुँच पुर्‍याउनुपर्छ: बस्याल

पोखरा, १० साउन । नेपाल सरकारका सचिव हरिप्रसाद बस्यालले दूरदराज बस्ने जनतामाझ संचार तथा सूचना प्रविधिको पहुँच पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले न्यूनतम लागतमा संचार तथा सूचना प्रविधिको उपयोग गर्दै आर्थिक अभिवृद्धि हासिल गरी रोजगारमूलक समाजको विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेश प्रमुख सचिवबाट हालै संचार तथा सूचना प्रविधि मन्त्रालय सचिवमा सरुवा भएका बस्यालले पाल्पाली समाज पोखराले शनिबार आयोजना गरेको बिदाइ समारोहमा बोल्दै सो कुरामा जोड दिएका हुन् । नेपाल सरकारले आफूलाई जुन अवसर दिएको छ, सोको… पुरा पढौ