समाचार

नारायणीमा एक पुरुष बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि यही साउन ६ गते पनि सुस्ता… पुरा पढौ

तीन दिनपछि मध्यपहाडी राजमार्ग खुला

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी ९पुष्पलाल० राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले उस। “एकतर्फी यातयात सञ्चालनमा आएको छ”, थापाले भन्नुभयो, “ठूलो पहिरो भएकाले पानी पर्नासाथ पुनः लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्था छ ।” पहिरोले सडक… पुरा पढौ

ट्याक्टर ठक्करले मृत्यु

पोखरा, ९ साउन । स्याङ्जाको कालीगण्डकीमा ट्याक्टर ठक्करले ७६ वर्षीय कृष्ण रेश्मीको मृत्यु भएको छ । गएराति कालीगण्डकी १, ठाटीभञ्ज्याङस्थित भित्री कच्ची सडकमा लु३त ४२०१ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिइ घाइते बनाएकोमा उपचार क्रममा गएराति मिसन अस्पताल तानसेनमा उनको मृत्यु भएको हो । स्याङ्जा प्रहरीका अनुसार ट्याक्टरचालक २७ वर्षे रिकबहादुर गाहा पक्रा परेका छन् । पुरा पढौ

चन्द्रागिरिमा ‘एक घर, एक धारा’

चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् । ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई मनोसामाजिक परामर्श तथा सीपमूलक तालीम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख प्रमुख घनश्याम गिरीले बताए । नगरपालिकाभित्र ज्येष्ठ नागरिक भवन निर्माण भइसकेको… पुरा पढौ

युवतीलाई तेजाव छ्याप्ने २ युवक पक्राउ

काठमाडौं सीतापाइलमा गएराति युवतीमाथि एसिड प्रहार गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ परेका छन् । काठमाडौं नागार्जुन नगरपालिका ४, सिर्जनशील टोलमा २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति एसिड हानेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। घटना विवरण अनुसार ती युवकहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्थे । ओखलढुंगा घर… पुरा पढौ

फरार ३ अभियुक्त पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका–१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका–१… पुरा पढौ

पृथ्वी राजमार्ग खुलाउन अझै २ दिन लाग्ने

साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो । पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १ सय स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ । प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मौवा खोलामा सडक… पुरा पढौ

थपिए १४७ कोरोना संक्रमण,१ जनाको मृत्यु

८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । पुरा पढौ

बन्दाबन्दीमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ । गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स… पुरा पढौ

पूर्व डीआईजी कोइराला जेलमुक्त

श्रीमती हत्यापछि जेल सजाय भोग्दै आएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्यामा जेल सजाय भोग्दै आएका पूर्वडीआईजी कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले गत असार १५ मा सजाय घटाउने फैसला गरेको थियो । सर्वस्वसहित जन्मकैदमा उनले मात्र ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका छन् । डिल्लीबजार कारागारमा सजया भोग्दै आएका कोइराला बिहीबार थुनामुक्त भएका हुन् । विसं २०६८ मा पत्नी गीताको हत्या गरी… पुरा पढौ