पोखरा, ९ साउन । तत्काल उपकुलपति, रजिष्टार नियुक्ति हुनुपर्ने माग गर्दै पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले चरणबद्ध आन्दोलनअन्तर्गत दोस्रो चरणमा जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार शान्तिपूर्ण धर्ना दिए । लामो समयदेखि विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै नाराअंकित प्लेकार्ड बोकेका करिब ३ सय जना विद्यार्थीहरुले जिल्ला प्रशासन अघि १ घण्टा धर्ना दिएको आन्दोलन संयोजक रविन न्यौपानेले बताए । आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार लगायत पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री…
पुरा पढौ