समाचार

मट्टितेल छर्केर श्रीमतीलाई आगो लगाउने गिरफ्तार

काठमाडौं । श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदालाई प्रहरीले पक्रेकोे छ । दिपेनले २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई घाईते बनाएका थिए । प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधवार २९ वर्षीय सदालाई पक्रेको हो । घाईतेको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो । पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । बाँध खोल्दा पानीको सतह बढ्ने… पुरा पढौ

कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ

सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु… पुरा पढौ

किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन

चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए । प्रतिहेक्टर रु छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई रु ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको उनले बताए । विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो… पुरा पढौ

४ महिनापछि गुड्यो पोखरामा नगर बस

पोखरा, ८ साउन । लकडाउन अन्त्यसहित पोखरामा ४ महिनापछि बस गुड्न थालेका छन् । पोखरा महानगरमा कोरोना भाइरसविरुद्ध आवश्यक मापदण्ड अपनाउँदै विभिन्न यातायात कम्पनीमार्फत नगर बस चलाउन थालिएको हो । अविरल वर्षाबीच पनि सडकमा हरिया र नीला रंगका नगरबस देखेपछि यात्रु पनि दंग छन् । उनीहरु आवश्यक मापदण्ड अपनाउँदै सेवा लिन आतुर छन् । गाडी चढ्न थालेपछि लामो गन्तव्य हिडेरै पार गर्न बाध्य यात्रुलाई पनि सहज भएको छ । भुवन गुरुङ ग १ ख ३८८६ नम्बर बसका चालक हुन् ।… पुरा पढौ

मास्क नलगाउनेलाई जरिवाना

कर्णाली, ८ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । “असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्यरुपमा मास्क… पुरा पढौ

रोजगारी आव्हान गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ८ साउन ।  नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग ग¥यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ ।        सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत आजदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी प्रकाशित उक्त सूचनामा नगरभित्रका नागरिक सहभागी हुन पाउने हुन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता हो”, नगरप्रमुख टिपी शर्माले भने । उनका अनुसार गत साल प्रधानमन्त्री रोजगार कार्यक्रम… पुरा पढौ

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोलीले के कति क्षति… पुरा पढौ

सार्वजनिक जग्गा संरक्षणमा जुट्यो काठमाडौं महानगर, पार्क निर्माण शुरु हुने

काठमाडौँ, ७ साउन । काठमाडौँ महानगरपालिका–५ मा महानगर र बुद्धपार्क निर्माण प्रक्रिया थालनी गर्ने भएको छ । वडा नं ५ मा पहिचान भएको ३६ रोपनी सार्वजनिक जग्गामध्ये साढे आठ रोपनी क्षेत्रमा बुद्ध पार्क र आठ रोपनीमा महानगर पार्क निर्माण प्रक्रिया थालिएको कामपाले जानकारी गराएको छ । महानगर पार्कको प्रारम्भिक ढाँचा तयार भएको छ । बुद्धपार्कको लागत अनुमान रु चार करोड ५० लाख हो भने महानगर पार्कको लागत रु तीन करोड २५ लाख रहेको छ । पार्कको ढाँचा कस्तो बनाउने भन्ने… पुरा पढौ

वितरण गर्न थालियाे राष्ट्रिय परिचयपत्र

परासी, ८ साउन । नवलपरासी९बर्दघाट–सुस्ता पश्चिम०मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गरे । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा रामग्राम–७ निवासी कंहारलाई परिचयपत्र प्रदान गरिएको थियो । गतवैशाखदेखि नै वितरण कार्य शुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण… पुरा पढौ