समाचार

पश्चिमी वायुको प्रभाव : केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ३ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र देशका… पुरा पढौ

नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको पूजा गरिदै

काठमाडाै‌ ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन शास्त्रीय विधि-विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। 'सिद्धि' भन्नाले आध्यात्मिक शक्ति र 'दात्री' भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ। अतः देवी सिद्धिदात्री ती अलौकिक शक्ति हुन्, जसले आफ्ना भक्तहरूलाई सबै प्रकारका सिद्धिहरू प्रदान गर्नुहुन्छ। माता सिद्धिदात्रीले… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

काठमाडौं, २ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गर्नुभएको हो । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि हुनुहुन्थ्यो ।  पुरा पढौ

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं, २ कात्तिक। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो । दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको… पुरा पढौ

बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

काठमाडौं, २ कात्तिक। दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो । पुरा पढौ

कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी

काठमाडौं, २ कात्तिक। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असरबाट मुलुकले भोग्नुपरेका जोखिम र क्षतिलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायु न्यायका पक्षमा पैरवी गर्ने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनका कारण… पुरा पढौ

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही, २ कात्तिक । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो ।… पुरा पढौ

यस्ताे छ साेमबार र मंगलबारकाे माैसम पूर्वानुमान

काठमाडाैं, २ कार्तिक । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। भदौ २ गते (सोमबार)  दिउँसोः देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती… पुरा पढौ

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म गरिदै

काठमाडौं, २ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि… पुरा पढौ

दुर्गम क्षेत्रमा नियमित उडान सञ्चालन गर्न टान गण्डकीकाे माग

पोखरा, १ कात्तिक । पोखरा-जोमसोम हवाई मार्गमा निजी वायुसेवा कम्पनीहरूले उडान स्थगन गरेकोप्रति ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टान गण्डकीका अध्यक्ष तीर्थराज सुवेदीद्वारा जारी विज्ञप्तिमा समिट एयरले २१ अक्टोबर २०२६ देखि अर्को सिजनसम्मका लागि र तारा एयरले १९ अक्टोबर २०२६ देखि अर्को सूचना जारी नभएसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगन गर्ने निर्णयप्रति आपत्ति जनाइएको छ। कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण बेनी-जोमसोम-कोरला सडकखण्ड क्षति भई सडक यातायात प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पनि… पुरा पढौ