तस्बिर बोल्छ

सूर्यलाई अर्घ्य दिँदै भक्तजन

सप्तरी, १४ कात्तिक । छठ पर्वको अवसरमा सप्तरीको राजविराज–३ कल्टु पोखरीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भक्तजन । यो सँगै छठ पर्व सम्पन्न भएको छ । तस्बिर : अरूणकुमार यादव-रासस पुरा पढौ

छठ पूजा गर्न राखिएका सामग्री

धनुषा, १३ कात्तिक । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि छठ घाटमा राखिएका पूजाका सामान । चारदिने छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । तस्बिर : अजयकुमार साह-रासस पुरा पढौ

अल्लोको कपडा बुन्दै एक उद्यमी

ताप्लेजुङ, १३ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ मा रहेको उत्तम अल्लो कपडा उद्योगमा अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू-रासस पुरा पढौ

हिमालसँग रमाउँदै गरेका पर्यटक

म्याग्दी, ७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घोरेपानीको पुनहिलबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै रमाउँदै गरेका पर्यटक । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाकामा पर्ने दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री-रासस पुरा पढौ

सयपत्री फूल खरिद गर्दै सर्वसाधारण

बुटवल, ७ कात्तिक । बुटवल उपमहानगरपालिका–४ स्थित हाटबजारमा बेच्न राखिएको सयपत्री फूलको माला खरिद गर्दै सर्वसाधारण । तस्बिर : सुमित्रा अधिकारी-रासस पुरा पढौ

अलैँचीको दाना जम्मा गर्दै एक किसान

ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ बिहीबारे क्षेत्रमा भट्टी लगाउनका लागि अलैँचीको दाना जम्मा गर्दै एक किसान । ताप्लेजुङमा प्रतिमन (४० केजी) को २८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । तस्बिर: दिलकुमार लिम्बू-रासस पुरा पढौ

बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ, ६ कात्तिक । तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा आन्तरिक पर्यटकको चहलपहल । चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने-रासस पुरा पढौ

खेलकुद समापनमा आतिसबाजी

पोखरा, ४ कार्तिक, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका अवसरमा गरिएको आतिसबाजी । तस्बिर: सफलआवाज पुरा पढौ

प्रदर्शनीमा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण

ललितपुर, ३ कात्तिक । फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ ओैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री - रासस पुरा पढौ

माछापुच्छ्रे हिमाल

पर्वत, ३ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : सुमन जङ्ग थापा, रासस पुरा पढौ