तस्बिर बोल्छ

वीरेन्द्रनगरमा स्थानीय पाठ्यक्रम शुभारम्भ

वीरेन्द्रनगर, ८ भदौ । वीरेन्द्रनगर–१२,पदमपुरस्थित जनजागृति प्राविमा बुधबार स्थानीय पाठ्यक्रममा आधारित ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको शुभारम्भ गर्दै नगर प्रमुख मोहनमाया ढकाल । तस्बिर : प्रकाश अधिकारी-रासस पुरा पढौ

बालबालिकालाई फाइजर खोप लगाइँदै

तनहुँ, ७ भदौ । तनहुँको व्यास नगरपालिका–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई मङ्गलबार फाइजर खोप लगाइँदै । तनहुँका ३८ हजार बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने-रासस पुरा पढौ

भोजपुरे खुकुरी

भोजपुर, ६ भदौ । भोजपुर सदरमुकाममा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । यहाँ सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरी बन्ने गरेका छन् । दक्ष कालीगढको अभावले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको व्यवसायी बताउँछन् । तस्बिर: युवराज विष्ट-रासस पुरा पढौ

नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रम देउवा

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा र पुष्प अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खड्का लगायत नेता तथा कार्यकर्ता । तस्बिरः प्रदीपराज वन्त-रासस पुरा पढौ

तिमिलाई देखेर, हिमाल हाँसेको…

म्याग्दी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री पुरा पढौ

श्रीकृष्ण जन्माष्टमीमा रथयात्रा

म्याग्दी, ३ भदौ । म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुक्रबार बेनीमा निकालेको रथयात्रामा कृष्ण राधाको भेषमा सजिएका बालबालिका । तस्बिर : कमल खत्री-रासस पुरा पढौ

पर्यटकीयस्थल खोप्रा

बेनी, २ भदौ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ , पाउद्वारमा रहेको पर्यटकीयस्थल खोप्रा र पृष्ठभूमिबाट देखिएको धौलागिरि हिमाल । तस्बिर : कमल खत्री/रासस पुरा पढौ

शिब मन्दिरमा भक्तजनकाे भिड

पाेखरा, ३० साउन । साउनको अन्तिम सोमबार पाेखराकाे गुप्तेश्वर महादेव मन्दिर, छोरेपाटन १७ परिसरमा लागेकाे नेपाली तथा भारतीय भक्तजन र पर्यटकहरुको भिड । फोटाे : अशेष शाक्य     पुरा पढौ

तस्बिरमा नयाँ पर्यटकीय गन्तव्य क्रपुडाँडा

पाेखरा, ३० साउन । कास्की जिल्लाकाे मादी गाउँपालिकामा पर्ने क्रपुडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चर्चित छ । मनसुन सिजनमा सबैभन्दा उपयुक्त गन्तव्य नै क्रपुडाडाको पैदलयात्रा हुने पर्यटकहरू बताउँछन। क्रपुडाँडा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरु माँझ अत्यन्त लोकप्रिय बनिरहेकाे छ। ३०९० मिटरकाे उचाइमा अवस्थित क्रपुडाँडाबाट फाेटाे पत्रकार अशेष शाक्यले खिचेका केही मनमाेहक तस्बिरहरू यँहा प्रकाशित गरिएकाे छ । पुरा पढौ

काठमाडौँको हनुमानढोकामा शुक्रबार डोरो बाँध्दै सर्वसाधारण

काठमाडौँ, २७ साउन । शुक्रबार देशका विभिन्न भागमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने र यज्ञोपवित अर्थात् जनै धारण गरी जनैपूर्णिमा मनाउने क्रम जारी छ । तस्बिर : प्रदीपराज वन्त-रासस पुरा पढौ