तस्बिर बोल्छ

अन्नपूर्ण आधार शिविरमा अग्रिम बुकिङ बढ्दै

गण्डकी, १९ भदौ । कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । तस्बिर: वासुदेव पौडेल - रासस पुरा पढौ

गुर्जुको पल्टनद्वारा तोप पड्काएर बढाइँ गरिँदै

काठमाडौं, १९ भदौ । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर हनुमानढोका परिसर पुर्याउँदा गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ गरिँदै । इन्द्रजात्रा काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पु¥याउने गरिएको छ । तस्बिर: रत्न श्रेष्ठ-रासस पुरा पढौ

३३०० मीटर उचाईकाे पर्यटकीय मैयुङडाँडामा भेडाका बथान

खोटाङ, १८ भदौ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङडाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ । पुरा पढौ

निकास नहुँदा मुख्य सडक जलमग्न

सुर्खेत, १६ भदौ । वर्षातमा सुर्खेतको वीरेन्द्रनगर–६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ । वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर : सुरेश आचार्य-रासस पुरा पढौ

नाचगान गर्दै महिला

काठमाडौं, १४ भदौ । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको दिन पशुपति मन्दिर परिसरमा नाचगान गर्दै महिला । तस्बिर : चन्द्रकला क्षेत्री - रासस पुरा पढौ

नौमती बाजा समूहमा महिला

बागलुङ, १३ भदौ । बागलुङ बजारको एक पार्टी प्यालेसको बिवाह समारोहमा नौमती बाजा बजाउँदै म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ स्थित नवजागरण आमा समूहका माया शर्माको नेतृत्वको नौमती बाजा समूह । नौमती बाजा बजाउन यहाँका महिलालाई पुरुषले समय साथ दिएका छन् । तस्बिर - खेमराज गौतम, रासस पुरा पढौ

जोखिममा बास

सुर्खेत, १३ भदौ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जाजरकोटस्थित स्याउली बजारमा जोखिममा रहेको घर । घर माथिबाट पहिरोको जोखिम बढेपछि घरधनी त्रसित छन् । राजमार्गले घर भत्काउन नसक्दा जोखिमा रहेको हो । यो खण्डमा राजमार्गको कालोपत्रेको काम सकिएको छ । तस्बिर: सुरेश आचार्य-रासस पुरा पढौ

सिमलका रुख मासिँदा सङ्कटमा गिद्ध

सुनसरी, १२ भदौ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको हिमाली गिद्ध । गिद्धको बासस्थानको रुपमा रहेको सिमलको रुख मासिँदै जाँदा गिद्धको प्रजाति सङ्कटमा पर्न थालेको छ । तस्बिर : नवीन गड्तौला - रासस पुरा पढौ

मनाङको फापरबारी

मनाङ, ९ भदौ । ङिस्याङ गाउँपालिकाको मनाङ गाउँको फाँटमा फूल खेल्दै गरेको फापर बाली र पृष्ठभूमिमा देखिएको गङ्गापूर्ण हिमाल । यहाँ फापरलाई प्रमुख बालीको रुपमा लिइन्छ । तस्बिर : नवीन लामिछाने-रासस पुरा पढौ

अन्नपूर्ण हिमालको आइसफल

बेनी, ८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खोप्रालेकबाट गत साउन २८ गते शनिबार देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृश्य । खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफल दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर-कमल खत्री-रासस पुरा पढौ