तस्बिर बोल्छ

खुवा बनाइँदै

बनेपा, २६ असाेज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा स्थानीयवासीले सञ्चालन गरेको खुवा उत्पादन केन्द्रमा खुवा बनाउँदै कामदार । यहाँ उत्पादित खुवा बनेपा र काठमाडौँमा बिक्री हुन्छ । पुरा पढौ

भेँडापालन

म्याग्दी, २३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारास्थित पाउद्वार गाउँका कृषकले व्यावसायिक रुपमा पालेका भेँडा र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । पुरा पढौ

नेपालको पहिलाे फर्पिङ्ग जलविद्युत आयोजना

काठमाडौँ, २२ असोज । काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहिलाे जलविद्युत आयोजना हो । पुरा पढौ

आहा ! पोखराको मेथलाङबाट देखिएको अन्नपूर्ण हिम श्रृंखला

पोखरा, २२ असोज । मौसम खुलेको बेलामा बिहीबार पोखराकाे मेथलाङबाट देखिएको अन्नपूर्ण हिम श्रृंखला । पुरा पढौ

चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो

कर्णाली, २२ असोज । नेपालको प्रसिद्ध मन्दिर चन्दननाथबाट विसं २०७३ मङ्सिर ११ गते चोरी भएका २१ थान मूर्तिमध्ये एक थान बहुमूल्य शङ्ख सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा भेटाएको छ । पुरा पढौ

काटेकाे धान सुकाउँदै

बैतडी, २१ असोज । बैतडीको दोगडाकेदार वडा नं ३ श्रीकोटका किसान काटेका धान सुकाउँदै । जिल्लाका किसानलाई हाल धान काट्ने चटारो परेको छ । पुरा पढौ

मुस्ताङमा पाक्यो स्याउ

गलेश्वर, २० असोज । मुस्ताङ, मार्फाका कृषकको बगैँचामा पाकेको स्याउ । पुरा पढौ

किबी फल

गलकोट, १९ असोज। बागलुङ नगरपालिका–८ सिगानाका अगुवा कृषक अनन्तबहादुर खड्काको बारीमा फलेको किबी । उनले सुन्तला खेतीसँगै किबीखेती गर्दै आएका छन । पुरा पढौ

घार्मिडाँडा भ्यू पोईन्टबाट अन्नपूर्ण हिम श्रृंखला

पाेखरा, १९ असोज । घार्मिडाँडाबाट लिईएको दृश्य । यहाँ पुग्न लामाचौर, पोखराबाट ४५ मीनेटको पैदल यात्रा गर्नुपर्छ । घार्मिडाँडा भ्यू पोईन्टबाट उत्तरमा अन्नपूर्ण हिम श्रृंखला र पोखराको सेरोफेरो अवलोकन गर्न सकिन्छ । पुरा पढौ

घार्मिडाँडा भ्यू पोइन्टबाट देखिएको पोखराको दृश्य

पोखरा, १८ असोज । घार्मिडाँडा भ्यू पोइन्टबाट देखिएको पोखराको दृश्य । जहाँ लामाचाैरबाट पैदल ४५ मिनेटमा पुग्न सकिन्छ । पुरा पढौ