परदेशबाट

सिआईए अफिसर भईसकेका धरानका एड्रियन अमेरिकी संसदको उमेदवार

अमेरिका ८ जेष्ठ । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा… पुरा पढौ

घरको खाना खाएर कमाउनेहरू किन देशमा बस्न चाहेनन् ?

युराेप, ७ पुस । देशमा रोजगारी नपाएर मात्रै जनता विदेश पलायन भएका होइन रहेछन् जस्तो प्रधानमन्त्री प्रचण्डलाई अब लाग्न थालेछ। हामीलाई उहिल्यै लागेको हो। एक सार्वजनिक अभिव्यक्तिका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले घरको खाना खाएर महिनाको असी हजार कमाउँदा पनि मान्छे देशमा अडिँदो रहेनछ भन्ने आफूले देखेको बताएका छन्। यसबारे बहस गर्नुपर्यो पनि भनेका छन्। बहस गरौँ न त ! दायाँ बायाँ नगई सिधा विषयमा जाउँ है त ! गाउँको घर छेउको स्कुलमा जागिरे एउटा शिक्षक किन देशमा बस्न चाहँदैन ?… पुरा पढौ

सडकमा गोलभेडा किन फ्याँकेको ?

युराेप, ५ असार । केही दिन अघि काभ्रे पनौतीका खुद्रा व्यवसायी मिठाराम सापकोटाले क्रेटभरि राता गोलभेँडाका फोटा पोष्ट गर्दै  '१ सय रूपियाँमा ६ किलो गोलभेँडा धमाधम बिक्री भइरहेको' लेखेपछि किसानले मेहेनतको मुल्य नपाएको अन्दाज गरेको थिएँ। लगत्तै पाँचखालमा गाडीमै ल्याएर टन्नै गोलभेँडा खोलामा खन्याएको पोष्ट पढेपछि मन झनै खिन्न भयो। फेरि हालसालै कालिमाटीका सडकभरि गोलभेडाको बैरालो देखेपछि त मन थामिँदै थामिएन। र, केहि लेख्न अघि सरेको छु। कृषिप्रधान देश नेपालका कृषकलाई केहि न केहि चुनौतीले कहिल्यै छोड्दैन। भन्नलाई त हामी… पुरा पढौ

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन आजदेखि

युराेप, २२ बैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु भएकाे छ । यही मे ५, ६ र ७ तारिखसम्म हुने उक्त सम्मेलनको उद्घाटन संविधानसभाका सदस्य सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ ।… पुरा पढौ

सजिलो छैन पोर्तुगलमा पनि

पोर्तुगल, २१ चैत । नेपालमा शैक्षिक बेरोजगारी तथा स्वरोजगारबारे आवश्यक सचेतनाको कमीले धेरैलाई विदेश प्रस्थान गर्ने बाटो देखाउने गरेको छ। कोही पढ्ने निहुँले, कोही आफन्त भेट्ने निहुँले, कोही घुमफिर अनि कोही कुनै न कुनै कार्यक्रममा सहभागी हुने निहुँले विदेश पसेर उतैको कागजात बनाई बसाईलाई लम्ब्याउने गरेको पाइन्छ। यसरी सिर्जनशील युवा विदेश पलायनले देशलाई घाटा छ भनेर थुप्रै विद्वानहरूले भनिसक्नु भएको छ, लेखिसक्नु भएको छ। तर पनि बिदेशिनेको संख्या घट्नुको साटो बढेर गएको तथ्यांक छ। त्यसमा पनि अष्ट्रेलिया, अमेरिका, क्यानडाभन्दा अलिक… पुरा पढौ

नेपालीहरुलाई सेवा प्रदान गर्न राहदानी विभागको टोली पोर्चुगल आउने

लिस्बन, ५ चैत । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब १ महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि… पुरा पढौ

नेपाली मूलका भण्डारीले लिए अमेरिकी संसदमा शपथ

वाशिङ्टन डीसी, २८ पुस । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्बली’मा दोस्रो पटक विजयी भएका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ लिएका छन् । नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन् । शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे । 'म… पुरा पढौ

मस्कले आजबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने

वाशिङ्टन डीसी, १८ कात्तिक । हालै ४४ अर्ब डलरमा ट्विटर किनेका स्पेसएक्सका मालिक एलन मस्कले आज शुक्रबारबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने भएका छन् । यसअघि कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै मस्कले कम्पनीका सीइओ पराग अग्रवाल, सीएओ नेड सहगल तथा कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । त्यसपछि नयाँ निर्देशक तथा मुख्य कार्यकारी बनेका मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका थिए । उनले त्यतिबेलै कम्पनीका सबै पुराना उच्च पदस्थ… पुरा पढौ

४४ अर्ब अमेरिकी डलरमा एलन मस्कले किने ट्वीटर

न्युयाेर्क, १२ कात्तिक । बिश्वकै धनी ब्यक्तिका रूपमा चिनिएका एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा मिडिया प्लेटफर्म ट्वीटर खरिद गरेका छन। ट्वीटरकाे स्वामित्व लिएपछि मस्क बिहीबार ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । नँया लगानीकर्ताका रूपमा मस्ककाे इन्ट्री भएपछि ट्वीटरका सीईओ पराग अग्रवाल भने बाहिरिएका छन । परागसँगै चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले बताएका छन् । केही समयअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेर… पुरा पढौ

डेनमार्कमा नेपाली पुस्तक विमोचन

डेनमार्क, ८ फागुन । 'विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म' पुस्तकको बिमोचन तथा समिक्षा एक समारोहका विच डेनमार्कको कोपनहेगनमा सम्पन्न भएकाे छ।  डेनमार्क बसोवास गर्दै आएका लेखक कृष्ण पौडेलले लेखेकाे सो पुस्तक नेपाली दुतावास डेनमार्कका कार्यवाहक राजदूत तिर्थराज अर्यालले बिमोचन गरेका हुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा सो समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले पठाउनु भएको लिखित शुभकामना सन्देश च्याप्टरका सदस्य दीपक कुमार तिवारीले वाचन गरेर सुनाएका थिए।  पुस्तकको समिक्षा अनेसास… पुरा पढौ