परदेशबाट

नेपालीहरुलाई सेवा प्रदान गर्न राहदानी विभागको टोली पोर्चुगल आउने

लिस्बन, ५ चैत । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब १ महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि… पुरा पढौ

नेपाली मूलका भण्डारीले लिए अमेरिकी संसदमा शपथ

वाशिङ्टन डीसी, २८ पुस । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्बली’मा दोस्रो पटक विजयी भएका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ लिएका छन् । नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन् । शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे । 'म… पुरा पढौ

मस्कले आजबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने

वाशिङ्टन डीसी, १८ कात्तिक । हालै ४४ अर्ब डलरमा ट्विटर किनेका स्पेसएक्सका मालिक एलन मस्कले आज शुक्रबारबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने भएका छन् । यसअघि कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै मस्कले कम्पनीका सीइओ पराग अग्रवाल, सीएओ नेड सहगल तथा कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । त्यसपछि नयाँ निर्देशक तथा मुख्य कार्यकारी बनेका मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका थिए । उनले त्यतिबेलै कम्पनीका सबै पुराना उच्च पदस्थ… पुरा पढौ

४४ अर्ब अमेरिकी डलरमा एलन मस्कले किने ट्वीटर

न्युयाेर्क, १२ कात्तिक । बिश्वकै धनी ब्यक्तिका रूपमा चिनिएका एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा मिडिया प्लेटफर्म ट्वीटर खरिद गरेका छन। ट्वीटरकाे स्वामित्व लिएपछि मस्क बिहीबार ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । नँया लगानीकर्ताका रूपमा मस्ककाे इन्ट्री भएपछि ट्वीटरका सीईओ पराग अग्रवाल भने बाहिरिएका छन । परागसँगै चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले बताएका छन् । केही समयअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेर… पुरा पढौ

डेनमार्कमा नेपाली पुस्तक विमोचन

डेनमार्क, ८ फागुन । 'विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म' पुस्तकको बिमोचन तथा समिक्षा एक समारोहका विच डेनमार्कको कोपनहेगनमा सम्पन्न भएकाे छ।  डेनमार्क बसोवास गर्दै आएका लेखक कृष्ण पौडेलले लेखेकाे सो पुस्तक नेपाली दुतावास डेनमार्कका कार्यवाहक राजदूत तिर्थराज अर्यालले बिमोचन गरेका हुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा सो समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले पठाउनु भएको लिखित शुभकामना सन्देश च्याप्टरका सदस्य दीपक कुमार तिवारीले वाचन गरेर सुनाएका थिए।  पुस्तकको समिक्षा अनेसास… पुरा पढौ

कोपनहेगनमा “हरि न्यौपाने जिताऔं”अभियान, नेपाली उम्मेदवारलाई महिनैभरि मतदान

डेनमार्क,३१ असाेज। कोपनहेगनको भित्री सहर नरेब्रोमा आजकल हरेक दिन २०-२५ जना नेपालीलाई 'कता गएर आउनु भो?' भनी सोध्दा जवाफ आउँछ- भोट हालेर आएको ! दिनदिनै जो भेट्यो उसैले 'भोट हालेर आएको' भन्दा नौलो मान्छेलाई भए अनौठो लाग्न सक्छ। तर डेनमार्कको स्थानीय निर्वाचनमा सम्बन्धित क्षेत्रका तोकिएको केन्द्रमा गई मतदान गर्ने एक महिना लामो अवधि दिइएको हुन्छ। त्यही क्रम चलिरहेको छ यतिबेला । छैन त गजब !यसपाली अक्टोबर ५ तारिख देखि डेनमार्कमा स्थानीय निर्वाचनको लागि मतदान शुरु भएको छ। यो क्रम नोभेम्बर… पुरा पढौ

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

लण्डन, ४ असोज । तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ । ‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान… पुरा पढौ

नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म “टयाटुड ट्रक्स अफ नेपाल-हर्न प्लिज”

वाशिङ्गटन डिसी, २६ साउन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।… पुरा पढौ

चाहिएको बर्षात् नचाहिएको बिपद्

बर्खा र विपद् सँगसँगै आउँछ नेपालमा। बर्षात् खेतिपातीमा निर्भर किसानलाई नआई नहुने। बर्षात् नभए बर्खे बालीको उब्जनी रोकिने र बर्खे बाली नै उब्जाउन नसके बर्षभरी खाने उपाय रोकिने हुनाले 'हर हर महादेव पानी देऊ' नभनी सुखै पनि छैन कैयन नेपाली किसानहरूलाई। सिञ्चाई कुलो नपुगेका पहाडी सुर्कासुर्कीमा त बर्खे झरीकै भरमा खेती गरिने बाध्यता पनि छ।  तर बर्षै पिच्छे बाढी पहिरोको बितण्डाले सिर्जना गर्ने सन्त्रास र रुवाबासी हेर्ने हो भने चाहिँ बर्षातले खुसी होइन खतरा ल्याउने गरेको देखिन्छ। त्यो नभई नहुने… पुरा पढौ

प्रवासीले पठाए स्वास्थ्य सामग्री

काठमाडौं, २७ जेठ : रोजगारीको लागि विभिन्न देश पुगेका ओखलढुङ्गाका नागरिकले विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। उनीहरुले रकम संकलन गरेर किनेको आइसियु बेड र अक्सिजन सिलिन्डर जिल्ला पठाएका हुन्। प्रवासीले जुटाएको रकमबाट खरिद गरिएको ४० थान अक्सिजन सिलिण्डर गाउँपालिका तथा नगरपालिकामा हस्तान्तरण भएको छ। यस्तै चार स्थानीय तहले अक्सिजन सिलिण्डर गाउँपालिका केन्द्र लगेका उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए। उनले सबै तहका अस्पतालमा अक्सिजन सिलिण्डर जडान गर्ने बताए। बेलायतमा कार्यरत पूर्व नेपाल प्रहरीका डिएसपी शिवजी श्रेष्ठको संयोजकत्वमा रहेको कोभिड-१९… पुरा पढौ