परदेशबाट

क्यानडामा बसेका नेपालीले पठाए ७५ अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं, २३ जेठ । क्यानडामा बसेका नेपालीले ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएका छन्। नेपालमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको थाहा भएपछि क्यानाडामा रहेका नेपालीहरुले रकम संकलन गरेर ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएका हुन्। क्यानाडाबाट पठाइएको स्वास्थ्य सामग्री आइतबार बिहान नेपाल आइपुगेको हो। अक्सिजन अभावमा नेपालमा धेरै संक्रमितको मृत्यु भएको खबर थाहा पाएपछि विभिन्न देशमा रहेका नेपालीले रकम संकलन गरेर स्वास्थ्य सामग्री पठाउँदै आएका छन्। पुरा पढौ

डेनमार्कको कोपन्हेगन नगरपालिकामा नेपाली युवाको उम्मेद्वारी

डेनमार्क,२१ बैशाख । डेनमार्कमा रहेका नेपाली समुदायमा परिचित नाम हाे- हरि न्यौपाने। सक्रियताका हिसावले नेपाली चाडपर्व, उत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद जताततै भ्याइदिन्छन् उनी। सरसहयोगका हिसावले नेपालीलाई परेको पीर, मर्कामा कसरी मल्हम लगाउन सकिन्छ भनेर दौडधुपमा लागिहाल्छन्। यतिमा सिमित छैन उनको परिचय, डेनमार्कको राजनीतिमा पनि सक्रिय छन्। को हुन् हरि ? नेपालमा चितवनको भरतपुर नगरपालिका-२२ बाट सन् २००८ मा डेनमार्क प्रवेश गरेका हुन्- हरि न्यौपाने। पढाइको सिलसिलामा डेनमार्क प्रवेश गरेका उनले यहाँको परिस्थिति बुझ्दै गएपछि राजनीतिक बाटोबाट समाजका लागि केही गर्न… पुरा पढौ

आधा अमेरिका हिमपातले ढाकियो, करोडौं प्रभावित, हवाई, यातायात र बिद्युत सेवा समेत बन्द

बोस्टन, अमेरिका, ४ फागुन । ठूलो हिमपात र हिमआँधीले आधा अमेरिका अहिले ढाकिएको छ । दक्षिणको टेक्ससदेखि पूर्वी उत्तरको मेन राज्यसम्मका दुई दर्जनभन्दा बढी राज्यमा एकैपटक हिमपातले असर पारेको अमेरिकी मौसम विभागले जनाएको छ । खराब मौसमका कारण कैयन् राज्यमा जारी कोरोना भाइरसविरुद्धको खोप अभियान रद्द भएका छन् । कैयन् राज्यस्थित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विमानस्थल समेत बन्द भएकाले हजारौं उडान रद्द भएका छन् । रन वे पुरै जमेकाले मंगलबारका लागि पनि उडानहरु नहुने सूचना जारी गरिएको छ । सोमबार बिहानैबाट… पुरा पढौ

कहाँ छैन तनाव ? युरोपमा झन् धेरै

केहिसाता अघि अष्ट्रियाको राजधानी भियनामा नेपाली समाजका लागि मुटु ढक्क फुलाउने घटना घट्यो। एक नेपाली महिलाले आफ्नै कोखका तीन सन्तानको ज्यान लिइन् र आफैँले प्रहरीलाई फोन गरेर घटना बताइन्। प्रहरीले अनुसन्धान गरिरहेको सो घटनामा पारिवारिक झमेला र आरोपित महिलामा व्याप्त तनावले त्यत्रो वियोगको घटना घटाएको प्रारम्भिक अनुमान गरेको छ। यो घटनाले अहिले पुरै युरोप स्तब्ध छ र संसारभरका नेपाली शोकाकुल छन्। घटना यस्तै नभएपनि बिभिन्न समयमा तनाव र डिप्रेसनका कारण युरोपका विभिन्न ठाउँमा नेपालीहरूबाट दुखदायी व्यवहार भएका समाचार बेला बेलामा… पुरा पढौ

किन गए कुलमान ? किन आए वामदेव ?

कहाँ कुलमान ? कहाँ वामदेव ? यी दुवै आपसमा तुलना गर्न मिल्ने पात्र नै हैनन् । तर कहिलेकांही समय यस्तो भइदिन्छ कि दुवैको चर्चा एकसाथ हुन पुग्छ । वर्तमान, एउटा पात्र देशलाई नभई नहुने तर्जका रुपमा स्थापित छ । अर्काे पात्र देशलाई हुँदै नहुने त्याज्य पात्रका रुपमा चित्रित छ । तर राज्य सञ्चालकलाई नभई नहुने पात्र चाहिएको छैन । अनि हुँदै नहुने पात्र चाहिं जसरी पनि चाहिएको छ । यो लाखा र पाखाको खेल अलि रोचक छ । यहाँ राम्रो… पुरा पढौ

कठै, कृषि प्रधान देश

हामीले स्कुल पढ्दा ‘नेपाल एक कृषि प्रधान देश हो’ भनेर पढेका हौं । त्यो बेलासम्म नेपाल धेरै हदसम्म कृषिमा आत्मनिर्भर पनि थियो । त्यो समयमा चामल, गहुँ, मकै, दाल, तरकारी लगायत खाद्यान्न नेपालमै प्रसस्त उत्पादन हुन्थे । कतिपय उत्पादन भारत, बंगलादेश, श्रीलंका, भुटान लगायत मुलुकमा निर्यात गरिन्थ्यो । नेपालको तराई क्षेत्रलाई खाद्यान्नको भण्डारका रुपमा चिनिन्थ्यो । सानै कक्षादेखि १० कक्षासम्म नेपाली, सामाजिक, पूर्वव्यवसायिक शिक्षा लगायत विषयका पाठ्यपुस्तकमा कृषिका पाठ वा सन्दर्भ हुन्थे । पूर्वव्यवसायिक शिक्षा त पुरै कृषि सम्बन्धी पाठ्यपुस्तक… पुरा पढौ

विष्णु गिरीको पहिलो आधुनिक गीत ‘माया मारी गयौ…’

‘सयौं डाँडा काटी गयौ, सात समुद्र पारी गयौशुन्य पारी गाउँघर, तिम्ले माया मारी गयौ’गुल्मीका विष्णुकुमार गिरी आफैं सयौं डाँडा काटेर सात समुद्र पारी जापान पुगे । अनि गाउँघर शुन्य पारेर माया मार्नेहरुको कथा गीतमा लेखे । गिरीको यही गीत बिबी अनुरागीको संगीत र शिशिर योगीको आवाजमा हालै सार्वजनिक आएको छ । गिरी १२ वर्षअघि जापान पुगेका हुन् । जापानमा नेपाली स्वादको रेष्टुरेन्ट व्यवसायमा उनी व्यस्त छन् । यही व्यस्तताका बीच उनी आफ्ना भावना बेला बेला कलममार्फत् पोख्ने गर्छन् । उनले… पुरा पढौ

खोइ सरकार ? खोइ जनता ?

सर्वत्र राजनीति छ, शासन कतै छैन । टोल टोलमा पार्टी छ, सरकार कहीं छैन । गाउँपिच्छे नेता छन, समाजको नेतृत्व गर्ने अगुवा छैनन । घरघरै कार्यकर्ता छन्, जनता कोही छैनन ।राजनीतिले केन्द्रदेखि गाउँसम्म हरेक वर्ग, समुदाय र निकायलाई पक्ष विपक्षमा विभक्त गरेको छ । सिंगो समुदायको हितमा काम गर्ने निष्पक्षता कसैमा छैन । समग्रमा तमाम विकृतिले पुरै देश अशक्त छ । देशलाई सशक्त ढंगले चलाउन सक्ने आशालाग्दो कोही छैन । वर्षौंसम्म ऐना पुछिरहें तर मैलो मेरो अनुहारमै रहेछ भन्ने चेत… पुरा पढौ

कहिले आउँछ कोरोना खोप ?

संसारभर महामारी रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को खोप वा औषधी कहिले आउँछ सर्वत्र चासोको विषय छ । अहिले यो एउटा यस्तो विषय हो, जसको सकारात्मक खबरले पुरै विश्वमा खुसीयाली छाउनेछ। यस्तै नतिजाका लागि विश्वका कैँयन् मुलुकहरु कोरोना भाइरसविरुद्ध खोपको अनुसन्धानमा अहोरात्र खटिएका छन् । अमेरिका र बेलायतले कोरोना भाइरसविरुद्धको खोप विकास गर्दै सफल परीक्षणको नजिक पुगेको बताएका छन्। यस्तै चीन, इरान, रुस, इटलीलगायत अन्य मुलुक पनि अहिले यस्तै खोप तथा औषधी निर्माणको अनुसन्धानमा जुटेका छन् । अनुसन्धानरत् केही मुलुक… पुरा पढौ

ऊ अर्थात् एक नेपाली

घर छोडेर कमाउन परदेश पुगेको ऊ धमाधम गाउँ फर्कंदैछ । ऊ दाम पाउने काम खोज्दै गाउँबाट पहिले बजार झरेको थियो । पछि अलिपरको सहर पसेको थियो । त्यसपछि परदेश पुगेको थियो ।अहिले परदेशबाट, सहरबाट र बजारबाट हुलका हुल उ जस्तै हजारौं हजार मानिस गाउँ फर्किएका छन् । यसरी फर्किनेहरुको त्यही हुलमा ऊ पनि सामेल छ । ऊ आफ्नो थाकथलो छोडेर सुखको आश, सुविधाको लोभ र अवसरको खोजीमा हिंड्नेहरुको एक प्रतिनिधि पात्र हो । विकट गाउँको गरिबीमा हातमुख जोड्नु उसको प्रमुख… पुरा पढौ