खेलकुद

टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

टोकियो, ५ फागुन । टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो । मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उनले गत हप्ता राजिनामा दिएका थिए । खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, “नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक… पुरा पढौ

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं, ४ फागुन खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बोरेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक… पुरा पढौ

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

मेलबोर्न, ३ फागुन । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए । यो नतिजासँगै… पुरा पढौ

राखेपद्वारा गण्डकी प्रदेशमा नौ खेल पूर्वाधार निर्माण सम्झौता

पाेखरा, ३ फागुन । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ । कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग रु एक करोड ९५ लाख… पुरा पढौ

‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता-२०७७’ को तयारी पूरा

पाेखरा, २ माघ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने 'मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता-२०७७' को आवश्यक तयारी पूरा भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा फागुन ४ देखि ८ सम्म हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको संघका अध्यक्ष भीम पराजुलीले बताए। पाँच दिनसम्म चल्ने सो प्रतियोगितामा सहभागिता जनाउनका लागि गण्डकी प्रदेशका सबै ११ जिल्लाबाटै पुरुष तथा महिलाको टिम दर्ताको लागि सम्पर्क भइरहेको छ । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले फागुन ४ गते विशेष समारोहबीच समुद्घाटन गर्ने कार्यक्रम तय भएकाे… पुरा पढौ

मिस एण्ड मिस्टर प्रतियोगिता चैतमा

विराटनगर, २ फागुन । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायक विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ । विराटनगरभरिको अडिसन यही फागुन… पुरा पढौ

सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पाेखरा, ०१ फागुन । नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरे । सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी रु एक लाख पुरस्कार… पुरा पढौ

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं, ०१ फागुन । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ । आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो । लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल… पुरा पढौ

कराँतेको केन्द्र बन्दै बडीगाड

गलकोट, ३० माघ । जिल्लामा स्थानीय तहको निर्वाचनपछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन् । धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकूद क्षेत्रलाई बडीगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ । खेलकूद क्षेत्रको विकासका लागि बडीगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकूद पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ । गाउँपालिकाले खेल अभ्यासका लागि कबर्ड हल निर्माण तथा खेलाडी आवास निर्माणमा झण्डै ५० लाख रुपैयाँ लगानी गरेको छ । गाउँपालिकालाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न गत वर्ष गाउँपालिकाको तर्फबाट रु… पुरा पढौ

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

टोकियो, ३० माघ । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन । जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका हुन । उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताए । मोरीलाई सन्… पुरा पढौ