खेलकुद

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

धरान (सुनसरी) १८ चैत । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए । उनले खेल प्रारम्भ… पुरा पढौ

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ, १२ चैत । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा ३७ रन बनाए त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको… पुरा पढौ

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

काठमाडौं, १२ चैत । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ… पुरा पढौ

घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

म्याग्दी, १२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन्। अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे । यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५५ हजार, रु ३५ हजार र… पुरा पढौ

गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोज कुमार गुरुङ निर्वाचित

पोखरा,८ चैत। गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् । यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् ।… पुरा पढौ

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलकाे सेमिफाइनल समिकरण पूरा

पोखरा, ८ चैत। पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे । अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो… पुरा पढौ

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा हुने

जुम्ला, ५ चैत । पाँचौ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेदेखि सञ्चालन हुने जानकारी दिए । उनले भने, “४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी हुने छन् ।” अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था मिलाइएको उनले बताए। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली… पुरा पढौ

बुढासुब्बा गोल्डकपः चौध वर्षपछि एनआरटीले जित्यो उपाधि

धरान, ३ चैत । चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो । विसं २०६४ मा आयोजित १०औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १४ वर्षपछि दोस्रोपटक उपाधि जितेको हो । जितसँगै एनआरटीले रु १० लाख, ट्रफी तथा मेडल पायो भने मोरङले उपविजेतामा चित्त बुझायो । उसले रु पाँच लाख पायो । फाइनलमा एनआरटीका अफिज ओलावालेले खेलको सातौँ मिनेटमै गोल गरेका… पुरा पढौ

एनटिएचएमसिको बास्केल प्रतियोगितामा कक्षा ११ को टीम विजयी, खेलमा पनि विद्यार्थी अब्बल : भाइस प्रिन्सिपल कार्कि

पोखरा, २ चैत । पाेखरा १४ छिनेडाँडामा रहेकाे नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बास्केट बल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र कक्षा १२ का टोलिबीच भएको प्रतियोगितामा कक्षा ११ को टोली विजयी भएको छ । कलेजमा यस्ता गतिविधिहरु भईहन्छन् । सैद्धान्तिक ज्ञान तथा व्यवहारिक ज्ञानसंगै अतिरीक्त क्रियाकलापमा विद्यार्थीहरु निकै सक्रिय भएका छन् । कलेजका भाईस प्रिन्सिपल राजकुमार कार्किले खेल सकिएपछि भने, हाम्रो विशेषता भनेकै विद्यार्थी हरेक कुरामा निपूर्ण होउन् भन्ने हो ।… पुरा पढौ

त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

काठमाडौं, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित ग¥यो । जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो । हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो । साथै दुई खेल… पुरा पढौ