विचार / वार्ता

श्रीमतीको महानताले घर बन्यो र डिभोर्सबाट बचियो : उपसचिव पोखरेल

सार्वजनिक पदाधिकारीहरुलाई प्रायः राज्यसंग राम्रो पहुँच भएकाे ब्यक्तिका रूपमा मानिन्छ । कर्मचारीतन्त्रमा सत्ता, शक्ति र राज्यको राजस्वमा आफूखुशी डुबुल्की लगाउने मार्ग पहिल्याउनेहरु पनि धेरै हुन्छन् । स्वार्थ पूर्तिका लागि राजनीति र प्रशासनिक तहमा उचित अनुचित सम्झौता गर्नपर्ने हुन्छ । नेतृत्व तहमा पुग्नेहरुले जे जस्ता पनि सुकर्म र कुकर्म गर्न, गराउन पछाडि पर्नु हुँदैन । आजका कर्मचारीहरु त्यहीँ दिशामा सफल हुनुलाई नै आजका नागरिक समाजले समेत उत्कृष्ट हुन् भन्ने प्रभाव देखिन्दो छ । फलतः मुलुकमा राजनीतिक र प्रशासनिक क्षेत्रमा चरम स्वार्थभाव… पुरा पढौ

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : मन्त्री भूसाल (अन्तर्वार्ता )

काठमाडौँ, १ साउन । पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम… पुरा पढौ

नबिल बैंकको अबको प्राथमिकता ‘बेटर’ त्यसपछि ‘ठूलो’- अध्यक्ष पौड्याल (अन्तर्वार्ता )

काठमाडौं, ३१ असार। नेपालकाे बित्तिय क्षेत्रकाे अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्विजीसन) गरेर एकीकृत कारोबार शुरू गरिसकेको छ । बैंकले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा एकीकृत कारोबार शुरू गरेको हो । बैंकहरूबीच मर्जर नभएको लामो समयपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको याे प्राप्ति भएको हो । अर्थात् जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि अरू वाणिज्य बैंकहरूकाे मर्जर नभइरहेकाे अवस्थामा नबिलले एनबीलाइ गरेकाे याे प्राप्तिले बित्तिय बजारमा सकारात्मक सन्देश समेत प्रबाह गरेकाे छ । कतिपय… पुरा पढौ

मुटुको समस्या भएका गण्डकीवासीले क्याथ ल्यावबाट सर्वसुलभ सेवा पाउने,असार ३० गते उद्घाटन हुदैं

पाेखरा, २८ असार । स्वास्थ्य समस्या कसैलाई आईनपरोस् । अझ मुटुको समस्या त कसैलाई नहोस् यो हाम्रो कामना हो । मुटुको धडकन छ त जीवन छ नत्र छैन । अझैं भनौं मानिस स्वस्थ भईरहनु पर्छ र स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यहि देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो  नकार्ला ? मानव शरिर हो कतिबेला के के आईपर्छ । सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मिले दिएको परामर्शलाई लागू गर्नुपर्यो ।… पुरा पढौ

मुद्दतीकाे १० गुणा रकम फिर्ता हुने योजना एन आई सी एशियाले मात्र ल्याएको छ: दिपेन्द्र शर्मा

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले गण्डकी प्रदेशमा ३२ शाखा कार्यालयहरू, ४७ एटिएम, ७ एक्स्टेन्सन काउण्टर एवं १० वटा शाखा रहित बैंकिङ्गमार्फत् बित्तिय सेवा दिईरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको बैंकले देशको दुरदराजमा रहनुभएका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको… पुरा पढौ

कृषि कर्ममा रमाउँदै बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत

काठमाडौं, २६ असार । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाएका छन् । सो क्षेत्रमा सफलता हासिल गरेका व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिए त ? प्रबन्ध निर्देशक बस्नेतले भने, “बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलतामा न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि… पुरा पढौ

जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम

जोखिम बिना कुनैपनि ठूलो परिणाम प्राप्त गर्न सकिंदैन । मानिसको जिवन नै जोखिम मोल्नको लागि हाे भन्दा फरक नपर्ला । जन्मने बित्तिकै उसले बिभिन्न पल, बिभिन्न चरणहरुमा जोखिम लिनुपर्छ । मानिसले आफूले चाहेको लक्ष्य प्राप्ति गर्नको लागि जोखिम नलिईकन सम्भव हुदैन । भनिन्छ, मानिसले जिवनमा जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम हो किनभने जोखिम लिन नचाहने मानिसले धेरै सुन्दर मौकाहरू गुमाउछ । जसको कारणले गर्दा उ सफलता प्राप्त गर्नबाट बिमुख हुन्छ जसले गर्दा जोखिम नलिनु नै उसको लागि ठुलो जोखिम… पुरा पढौ

नेतृत्वको सामु लम्पसार र जीहजुरी कहिल्यै गरिएन : पाेखरेल

सरकारी कर्मचारीहरु मध्येमा एक पृथक कार्यशैली, व्यवहार, आचरण र सधैं पारदर्शिताको वकालत गर्दै आएका उनी एक कर्मचारी हुन् । सत्यमा टिक्ने र असत्यलाई दुत्कार्ने साहस सार्वजनिक सेवा र पदाधिकारीको विशेषता हुनुपर्दछ । यसै मान्यता सहित सार्वजनिक सेवामा फरक पहिचान बनाएका ५७ वर्षीय तथा निकट भविष्यमा सरकारी जागीरबाट निवृत्त हुने तरखरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल एक उदाहरण हुन् । उनीसंग विगतमा सफल आवाजले दुईचार वटा श्रृंखलाका संवाद गरिसकेको सर्वविदितै छ । जागिरबाट निवृत्त हुने क्रममा रहेका… पुरा पढौ

अँझैं कायमै छ संसदबाट अनुमोदित एमसीसीबारे आशंका ?

काठमाडौं, २९ जेठ । आम जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द प्रशान्त रणनितिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ । संसदको अंक गणितिय खेल, नेकपा एमालेको मौनता जस्ता कारणले हामी भुराजनीतिको सवालमा छिमेकीहरुका माँझ पक्षघातले थलिएको एउटा कठपुतली र सुदुर देशको आहारामा निर्भर हुनुपर्ने पन्छी बन्ने अवस्था सिर्जना भएको छ । उक्त सम्झौतामा श्रृङखलाबद्द रुपमा धेरै नै… पुरा पढौ

बजेट सकारात्मक रहेकाेले अब सष्टेनेवल म्यानेजमेन्टकाे मात्र खाँचाे छ: पौड्याल

काठमाडाैं, १७ जेठ। नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकारले हालै ल्याएको बजेट सबै सरोकारवालाहरुसँग सरसल्लाह गरेर, सबैको मागलाई सम्वोधन हुनेगरी सुझबुझपुर्ण तवरले ल्याएकाेले सकारात्मक रहेको बताएका छन् । सफल आवाजसँग कुरा गर्दै पौड्यालले याे बजेटकाे सष्टेनेवल म्यानेजमेन्ट हुनु जरूरी रहेकाे समेत बताए । हामीले अर्थसँग सरोकार राख्ने सवालका बारेमा प्रि–बजेट मिटिङमा मन्त्रालय तथा अर्थका संचिवसँग छलफल गरेका थियौं । अन्य क्षेत्रबाट पनि छलफल भएका थिए । सरकारले सुझावहरु लिएको थियो । हामीले गरेको छलफलमा अर्थ सम्बन्धि निचोडका कुराहरुलाई… पुरा पढौ