अटाे 🚙

अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति बिस्तार

काठमाडौं, २२ पुस । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा आज बसेकाे केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको जानकारी दिएको छ । पुस २० गते काठमाडौंमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियाे । सो साधारण सभाले १७ जना केन्द्रीय कार्यसमिति सदस्यहरुलाई समेत सर्वसम्मत निर्वाचित गरेको थियो । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा आज बसेको नाडा केन्द्रीय कार्य… पुरा पढौ

नाडा अध्यक्षमा करण चौधरीसहित २४ सदस्यीय कार्यसमिति सर्वसम्मत

काठमाडौं, २१ पुस । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। नाडाकाे ४७औं साधारण सभाबाट चौधरी निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्षकाे उम्मेदवार रहेका आकाश गोल्छासँग सहमति भएपछि करण चाैधरी निर्विरोध निर्वाचित भएका हुन्। नाडकाे कार्यसमितिका २४ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्। सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल रहेका छन् । यस्तै दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा रहेका छन्। साथै निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान… पुरा पढौ

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अब पूर्ण अटोमेशनमा, यात्रुले अनलाइनबाटै टिकट काट्न सक्ने

पोखरा, १८ पुस । देशकै अग्रणी सार्वजनिक यातायात सेवा प्रदायक कम्पनी पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समयमा प्रविधिको प्रयोग तिब्र रुपले बढिरहको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनका लागि पृथ्वी राजमार्ग बस संचालक कम्पनी पनि पूर्ण अटोमेशनमा गएको आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । अटोमेशनमा गएसंगै अब पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.का सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट… पुरा पढौ

काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा

काठमाडौं, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।… पुरा पढौ

नयाँ वर्षकाे आकर्षण : हुन्डाई गाडी खरिदमा पाँच लाखसम्म छुट

काठमाडाैं, १६ पुस । लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर हुन्डाई नयाँ बर्ष डिलाइट २०२४ योजना सार्वजनिक गरेकाे छ । यस याेजना अन्तर्गत कम्पनीले पुस १६ गते साेमबारदेखि देशभर रहेका शोरुमहरूबाट ग्राहकलाई हुन्डाईका गाडीकाे खरिदमा आकर्षक छुट दिएको जनाएकाे छ । गाडी खरिदमा ग्राहकले रूपैयाँ ५ लाखसम्मको नगद छुट पाउनेछन् । विद्युतीय गाडीको खरिदमा प्रोत्साहनका लागि रूपैयाँ ५० हजार सम्मको गो–ग्रीन बोनस पाउने भएका छन् । यसका साथै गाडीको मोडल इएरको आधारमा रूपैयाँ लाखसम्मको छुट पाउनेछन्। गाडी… पुरा पढौ

नाडाकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुदैं

काठमाडौं, ४ पुस । नाडा अटाे माेवाइल्स डिलर्स एसाेसिएसनकाे अबकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका आकांक्षी रहेका आकाश गाेल्छासँग आलाेपालाेकाे सहमतिपछि पहिलो कार्यकालका लागि चौधरी अध्यक्ष चयन हुने भएका हुन् । चौधरी अघिल्लो चुनावमा हालका अध्यक्षमा ध्रुब थापासँग पराजित भएका थिए । अहिले उनै अध्यक्ष थापाकै बिशेष पहलमा आकांक्षीहरुलाई राखेर सहमति गराइएकाे बताइएकाे छ। अन्य पदाधिकारी समेत सर्वसम्मत गर्ने प्रयास भइरहेकाे बताइएकाे छ । यही पाैषकाे तेस्राे साता हुने नाडाकाे साधारण सभा तथा अधिबेशनले अध्यक्षमा करण… पुरा पढौ

सेरेसको थ्रिएस सुविधा सहितको शोरुम पोखराको नागढुंगामा

पोखरा, २८ मंसिर । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । कम्पनीले पोखरामा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।अग्रज उद्यमीहरू लगायत… पुरा पढौ

पोखराकाे औद्योगिक व्यापार मेलामा ‘अटो मेला’ काे राैनक

पोखरा, २४ पुस । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र,… पुरा पढौ

नाडा अध्यक्षमा सीजीका करण चौधरीद्वारा उम्मेद्वारी घोषणा

काठमाडौं, २१ मंसिर। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको आगामी पुस २० र २१ गते हुने अधिबेशनमा सीजी होल्डिङ्सका करण चौधरीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। चौधरीले सहमतिलाई समेत खुला राख्दै उम्मेद्वारी घोषणा गरेको बताएका छन। चाैधरी अघिल्लाे चुनाबमा समेत अध्यक्षकाे उमेद्वार थिए। त्याे समय उनी हालका नाडा अध्यक्ष ध्रुब थापासँग पराजित भएका थिए । हामीले सहमतिको प्रयास समेत गरिरहेका छाैं चाैधरीले भने, ‘सहमतिको प्रयास गर्दागर्दै चुनाबमा जानुपर्ने अवस्था आएको छ।’ उनले ईमेलमार्फत अध्यक्षको उम्मेद्वारी मिएकाे जानकारी दिए। नाडाको पुस २०… पुरा पढौ

काठमाडौं महानगरमा दुई बसपार्क, जडीबुटीमा अर्को थपियो

काठमाडौं, १८ मङ्सिर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी… पुरा पढौ