अटाे 🚙

नियम उल्लङ्घन गर्ने १ हजार ४ सयभन्दा बढी चालक कारबाहीमा

काठमाडौं, ३० असोज । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार चारसयभन्दा बढी चालक कारबाहीमा परेका छन् । प्रहरीले शनिबार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ७ चालकलाई कारबाही गरेको हो । यसरी कारबाहीमा पर्ने चालकहरुमा नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने ४ जनासमेत रहेका छन् । यो आँकडा काठमाडौं उपत्यका शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रम कारबाहीमा परेका चालकहरुको हो । कारबाहीमा परेका अन्य चालकहरुमा तीव्र गतिमा सवारी चलाउने… पुरा पढौ

एमजी जेडएस ईभीको बुकिङ खुल्ला

काठमाडौं, ३० असोज । इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको नेपालमा बुकिङ खुल्ला गरिएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको लङ रेन्ज मोडलको बुकिङ खुल्ला गरेको हो । जेडएस ईभीको लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ निर्धारण तोकिएको छ । कम्पनीका अनुसार यसको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवरको लिथियम आयन ब्याट्री राखिएको छ । यसलाई एक पटक फुलचार्ज गर्दा ४४० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको कम्पनीको दावी छ । १५० किलोवाट क्षमतासम्मको डिसी चार्जर… पुरा पढौ

एक्सचेन्ज मेला आयोजना गर्दै टिभिएस

काठमाडौं, २९ असोज । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी असोज ३१ बाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने 'टिभिएस ग्रेट एन्ड ग्राण्ड एक्सचेञ्ज मेला' मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्याङ्कन भन्दा ७ हजार बढी… पुरा पढौ

मापदण्डअनुसार नम्बर प्लेट नराख्ने ६१० सवारीसाधन कारबाहीमा

काठमाडौं, २९ असाेज । सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई कारवाही गरिएको छ । यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले एक सूचना जारी गरी जनाएको छ । विशेष जाँच अभियानमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । काठमाडौँ उपत्यका… पुरा पढौ

जोय ई–बाइकका विद्युतीय मोटरसाइकल नेपाली बजारमा

काठमाडौं, २७ असोज । महावीर अटोमोबाइल्सले भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध गराएको छ । गत असोज ६ देखि ९ गते सम्म आयोजित नाडा ईभी एक्स्पो २०२२ मा पहिलोपटक कम्पनीले जोय ई–बाइकका विभिन्न मोडल सार्वजनिक गरेको थियो । जोय-ई बाइकका विभिन्न मोडल छिट्टै बिक्रीका लागि आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । जोय ई–बाइकका बिस्ट, थन्डरबोल्ट, स्काइलाइन र हरिकन गरी चार मोडल नेपाली बजारमा उपलब्ध छन् । यी सबै बाइकमा ५ हजार वाटको मोटर जडान गरिएको… पुरा पढौ

बीवाइडी एटो थ्री नेपालमा शनिबार सार्वजनिक गरिने

काठमाडौं, २६ असोज । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एटो थ्री गाडी आगामी असोज २९ गते शनिबार सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो नयाँ प्रिमियम एसयूभीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । स्पेसिफिकेशनका हिसाबले बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ । अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कारमध्ये सबैभन्दा शक्तिशाली मोटर रहेको एटो थ्री ले एक पटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित… पुरा पढौ

टेल्जी लायन स्कुटरको लिथियम लिफेपो भर्सनको बुकिङ खुल्ला

काठमाडौं, २५ असोज । टेल्जी लायनको लिथियम लिफेपो ‘लिथियम आइरन फोस्पेट’ भर्सन बजारमा उपलब्ध भएको छ । टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी योमा म ई मोटर्सले नाडा ईभी एक्स्पोमा टेल्जी लायनको ‘लिथियम आइरन फोस्पेट’ भर्सन सार्वजनिक गरेको थियो । हाल कम्पनीले टेल्जी लायन लिफेपो ब्याट्री भर्सनको मूल्य ३ लाख १० हजार रूपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरू गरेको हो । यसअघि कम्पनीले लिड एसिड ब्याट्री भएको लायन स्कुटर बिक्री गर्दै आएकोमा अब नयाँ प्रविधिको ब्याट्री राखेर आएको स्कुटर उपलब्ध… पुरा पढौ

निजी सवारी आयात प्रतिबन्ध नलम्ब्याइयोस्: नाडा

काठमाडौं, २४ असोज । सरकारले सवारी साधनमा लगाउँदै आएको प्रतिबन्ध नलम्ब्याउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । नाडाले आज एक प्रेस विज्ञप्ति जारी गरी सरकारसमक्ष यस्तो माग गरेको हो । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै सरकारले केही समयदेखि निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । नाडाका अध्यक्ष ध्रुब थापाले सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेकोले प्रतिबन्ध लम्ब्याउन… पुरा पढौ

चीनमा बनेको टेस्लाको कार बिक्रीमा नयाँ कीर्तिमान

काठमाडौं, २४ असोज । टेस्लाले चीनमा रहेको प्लन्टबाट निर्मित कार बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ । चीनको शांघाईमा रहेको प्लान्ट स्तरोन्नति गरेर उत्पादन गरेपछि टेस्लाले कार बिक्रीमा उक्त कीर्तिमान कायम भएको हो । टेस्लाले सेप्टेम्बरमा चीनमा निर्मित ८३ हजार १३५ कार डेलिभरी गरेको र यो आँकडा चीनमा निर्मित मासिक कार बिक्रीको अहिलेसम्मकै उच्च रहेको चाइना प्यासेन्जर कार एसोसिएसनले जनाएको छ । गत जुनमा पनि कम्पनीले सबैभन्दा धेरै ७८ हजार ९०६ कार डेलिभरी गरेको थियो । टेस्लाले सन् गत अगस्टको… पुरा पढौ

चिनियाँ ‘क्याब्रियो’ कार ७२ घन्टामा १ लाख थान बुकिङ

काठमाडौं, २३ असोज । चिनियाँ कम्पनी वुलिङले चिनियाँ बजारमा सार्वजनिक गरेको एउटा विद्युतीय कार ७२ घण्टामा १ लाख थान बुकिङ भएको छ । यो उक्त कम्पनीको सबैभन्दा सानो कन्भर्टिबल विद्युतीय कार हो जसको बुकिङको आँकडाले विश्वलाई अचम्मित बनाएको छ । चिनियाँ ब्राण्ड एसएआईसी र वुलिङ तथा अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा स्थापना भएको वुलिङ कम्पनीले यो कार सन् २०२१ को शांघाई अटो शोमा पहिलो पटक प्रदर्शन गरेको थियो । हाल कम्पनीले ‘क्याब्रियो’ कन्भर्टिबल मिनी कार चीनमा १४ हजार डलर… पुरा पढौ