अटाे 🚙

आफ्नै विद्युती कार निर्माण गर्दै साउदी अरेबिया

काठमाडौं, २२ कात्तिक । साउदी अरेबियाले आफ्नै विद्युतीय सवारी साधन निर्माण भएको छ । ताइवानी कम्पनी फक्सकनसँगको साझेदारीमा यस प्रकारको सवारी साधन विकास तथा उत्पादन गर्ने साउदी अरेबियाको योजना रहेको छ । साउदी अरेबिया विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि पछिल्लो समय विश्वभर विद्युतीय सवारीप्रति चासो र प्रयोग बढिरहेकाले यस्तो निर्णय गरेको बुझिएको छ । साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्ड र ताइवानको फक्सकनको संयुक्त लगानीमा उत्पादन हुने विद्युतीय सवारीको ब्राण्डको नाम ‘सेर’ राखिने बताइएको छ ।… पुरा पढौ

एक्सपल्स २०० टी नयाँ इन्जिनसहित ल्याउँदै हिरो

काठमाडौं, २१ कात्तिक । हिरो मोटोकर्पले एक्सपल्स २०० टीको नयाँ भर्सन नयाँ इन्जिनसहित सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि ल्याएको एक्सपल्स २०० टी मोडल अब ४ भल्भ भर्सनमा ल्याउने भएको हो । कम्पनीले हालै सामाजिक सञ्जालमा एक्सपल्स २०० टी ४ भीको टिजर सार्वजनिक गरेको छ । कम्पनीले एक्सपल्स २०० टीमा रहेको इन्जिन अपग्रेड गरेर ल्याउन लागेको मोडलको ग्राफिक्समा पनि केही परिमार्जन गरेको बुझिएको छ । परिमार्जन अनुसार नयाँ एक्सपल्स २०० टी ४ भीको अगाडिको सस्पेन्सनमा फोर्क कभर गेटर र… पुरा पढौ

जयनगर-कुर्था तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जनकपुरधाम, २० कात्तिक । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म… पुरा पढौ

३ ओटा विद्युतीय कार खरिद गर्दै आयल निगम

काठमाडौं, २० कात्तिक । नेपाल आयल निगमले कार्यालय प्रयोजनका लागि विद्युतीय कार खरिद गर्ने भएको छ । निगम नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने एक मात्र संस्था भएकोले निगमले विद्युतीय कार खरिद गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ । निगमले ३ वटा विद्युतीय कार खरिदको लागि टेन्डर आह्वान गरेकोमा सहभागी मध्ये बीवाईडी न्यू इ ६ खरिद गर्ने निर्णय भएको हो । निगमले १ करोड ७२ लाख ५० हजार रुपैयाँमा ३ ओटा बीवाईडी न्यू इ६ कार खरिद गर्ने निर्णय गरेको हो ।… पुरा पढौ

रोयल इन्फिल्डको ६५० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं, १८ कात्तिक । रोयल इन्फिल्डले आफ्नो सुपर मेटिअर ६५० मोटरसाइकल आगामी नोभेम्बरर ८ मा सार्वजनिक गर्ने भएको छ । इटालीको मिलानमा हुने ईआईसीएमए २०२२ मोटर शोमा सार्वजनिक गरिने उक्त मोटरसाइकलको टिजर हालै कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले यो नयाँ मोटरसाइकलो आधिकारिक नाम सार्वजनिक गरेको छैन । तर अटो क्षेत्रमा यसको नाम ‘सुपर मेटिअर ६५०’ हुने र मेटिअर ३५० जस्तै डिजाइनमा आउने आकलन गरिएको छ । कम्पनीका अनुसार नयाँ सुपर मेटिअर ६५० इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० को प्लेटफर्ममा… पुरा पढौ

चाङ्गन भी-५ विद्युतीय भ्यान नेपालमा

काठमाडौं, १७ कात्तिक । चाङ्गनको भी-५ विद्युतीय भ्यान नेपालमा उपलब्ध भएको छ । उक्त कम्पनीको विद्युतीय भ्यान सीजी मोटर्सले नेपाल भित्र्याएको हो । सीजी मोटर्सले यसअघि यात्रु कार समूहको निटा भीको नेपालमा ल्याएको थियो । निटा भीको सफलता पछि कम्पनीले हलुका व्यावसायिक समूहको चाङगन भी–५ मोडल नेपालमा उपलब्ध गराएको हो । यसबाहेक चाङ्गनकै भी–७ मोडल पनि केही समयमा नेपालमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । नेपालमा विद्युतीय सवारी भित्र्याउने क्रम बढ्दै जाँदा चार्जिङ स्टेशन लगायतका पूर्वाधारको कमीका कारण सर्वसाधारणमा… पुरा पढौ

टिभिएसको कायापलट अफर अब ३ दिन मात्र बाँकी

काठमाडौं, १६ कात्तिक । जगदम्बा मोटर्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाको अवधि अब ३ दिन मात्र बाँकी रहेको छ । यो योजना अन्तर्गत विभिन्न शोरुमबाट टिभिएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर किन्नेले लाखौं नगद तथा अन्य उपहार प्राप्त गरिसकेका छन् । यो योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने कम्पनीले सुविधिा दिएको छ । यसबाहेक टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार… पुरा पढौ

२ प्रतिशतभन्दा कम सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं, १५ कात्तिक । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ठेक्का गरेको ६ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ । सरकारले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले अहिले नागरिकलाई नम्बर प्लेट जडानका लागि अनुरोध मात्रै गरिरहेको विभागका प्रवक्ता ईश्वरीदत्त… पुरा पढौ

फिएस्टा मोडल बन्द गर्दै फोर्ड, विद्युतीयमा जोड दिने

काठमाडौं, १४ कात्तिक । सवारी कम्पनी फोर्डले आफ्नो 'फिएस्टा' मोडलको उत्पादन बन्द गर्ने भएको छ । विगत ४६ वर्षदेखि उत्पादन हुँदै आएको यो मोडल बन्द गर्नुमा कम्पनीले विद्युतीय सवारीमा जोड दिन लागेकोले रहेको बुझिएको छ । यो दशकको अन्त्यसम्ममा यूरोपमा विद्युतीय गाडी निर्माण एकत्रित भएर लाग्नका लागि 'फिएस्टा' ह्याचब्याक मोडलको उत्पादन अन्त्य गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । यही निर्णय अनुरुप ४६ वर्षदेखि उत्पादन हुँदै लोकप्रिय बन्दै आएको फोर्ड फिएस्टा उत्पादन अर्को वर्षसम्म मात्र हुनेछ । यसबाहेक फोर्डका एस-म्याक्स र… पुरा पढौ

३ महिनामा २ अर्बका चारपाङ्ग्रे विद्युतीय गाडी आयात

काठमाडौं, १३ कात्तिक । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ३ महिनामा २ अर्ब ५० लाख बढीका ७०५ ओटा चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्मको समग्र आँकडा अनुसार नेपालमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरका ७ सय ५ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल तथा स्कुटर तथा तीन… पुरा पढौ