अटाे 🚙

टोयोटाले ल्यायो दोस्रो विद्युतीय कार, सिधा प्रतिस्पर्धी टेस्ला

काठमाडौं, १३ कात्तिक । टोयोटाले आफ्नो दोस्रो विद्युतीय कार बीजेड ३ सार्वजनिक गरेको छ । हालै चिनियाँ बजारमा सार्वजनिक भएको यो मोडलमा चिनियाँ कम्पनी बीवाईडीको ब्लेड ब्याट्री राखिएको छ । बीवाईडी र टोयोटाबीच संयुक्त लगानीमा नयाँ मोडल उत्पादन गर्ने सहमति अनुरुप टोयोटाको यो मोडलमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग गरिएको हो । टोयोटाको बीजेड ३ सेडान कार रहेको र यसको सिधा प्रतिस्पर्धा टेस्ला मोडल ३ सँग हुने कम्पनीको भनाइ छ । टोयोटा बीजेड ३ को लम्बाई टेस्ला मोडल ३ भन्दा अलि… पुरा पढौ

ईभी कम्पनीहरु कम मूल्य र धेरै रेन्ज दिने सलिड स्टेट ब्याट्रीतर्फ आकर्षित

काठमाडौं, ७ कात्तिक । कम मूल्यमा बढी रेन्ज दिने सलिड स्टेट ब्याट्री निर्माण गरिएको छ । विद्युतीय कारको माग बढेसँगै विश्वभर ईभी उत्पादनमा प्रयोग हुने ब्याट्रीको नयाँ नयाँ खोज भइरहेकामा हाल यस प्रकारको ब्याट्रीको निर्माण भएको हो । लिथियम आयन ब्याट्रीभन्दा छोटो समयमा चार्ज हुने, रेन्ज धेरै पाउन सकिने र आगलागी हुने समस्या करिब शून्य प्रतिशतमा झर्ने भएकाले ठूला अटोमोबाइल कम्पनीहरु सलिड स्टेट प्रविधिप्रति आकर्षित हुँदै गएका छन् । हालै जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्ज र ताइवानी ब्याट्री उत्पादक… पुरा पढौ

ओलाको सस्तो स्कुटर सार्वजनिक, आउला नेपालमा?

काठमाडौं, ६ कात्तिक । भारतीय कम्पनी ओलाको सस्तो स्कुटर सार्वजनिक भएको छ । कम्पनीले ओलाको नयाँ स्कुटर एस १ एयरको मूल्य ८० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । यो ओलाको हालसम्म सबैभन्दा कम मूल्यको स्कुटर हो । ओलाले एस सिरिजका एस १ र एस १ प्रो बिक्री गर्दै आएकामा अब एस १ एयर ल्याएको हो । कम्पनीले यो नयाँ स्कुटरमा विभिन्न परिर्वतनहरु गरेर ल्याएको छ । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस… पुरा पढौ

यामाहा आर १५ भर्सन ४ बिक्री शुरु

काठमाडौं, ४ कात्तिक । यामाहाको नयाँ मोटरसाइकल आर १५ भर्सन ४ नेपालमा बिक्री शुरु गरिएको छ । केही समय अघि नेपाली बजारमा सार्वजनिक यो मोडलको बिक्री शुरु गरिएको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नक्सालमा निर्मित ब्लू स्क्वायर शोरुमबाट बिक्री शुरु गरेको हो । कम्पनीले आर १५ को नयाँ अपग्रेडेड भर्सन ४ भृकुटीमण्डपमा केही समयअघि सार्वजनिक गरेको थियो । आर १५ भर्सन भी ४ मा क्वीक सिफ्टर, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड जस्ता… पुरा पढौ

ट्राफिक प्रहरीलाई २ सय थान स्मार्ट लाइसेन्स रिडर हस्तान्तरण

काठमाडौं, ३ कात्तिक । ट्राफिक प्रहरीलाई २ सय थान स्मार्ट कार्ड रिडर मेसिन उपलब्ध गराइएको छ । हालै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई ती मेसिन उपलब्ध गराएको हो । विभागले बुधबार उक्त परिमाणको लाइसेन्स रिडर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो । लाइसेन्स स्मार्ट भए पनि तेयलाई रिड गर्ने मेसिन अभावमा खासै प्रभावकारी हुन सकेको थिएन । हालसम्म २९ लाख ४५ हजार स्मार्ट लाइसेन्स छपाई भएर वितरण गरिसके पनि ट्राफिकसँग रिड गर्ने मेसिन नभएका कारण त्यसको प्राविधिक औचित्य कायम हुन… पुरा पढौ

सोहनले बनाए विद्युतीय मोटरसाइकल, हेर्नेहरुकाे भीड

सुदूरपश्चिम, २ कात्तिक । धनगढी उपमहानगरपालिका–५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न भीड लागेको छ । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको… पुरा पढौ

लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभीकाे बुकिङ खुल्याे, छिट्टै ल्याइदै‌

काठमाडौं, २ असोज । पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभी केहि हप्तामै नेपाल ल्याउने बताएकाे छ । यसका लागि कम्पनीले गाडी भित्रिनु अघि नै बुकिङ खुलाएकाे छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि रहेकाे छ । कम्पनीले साे लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभी छिट्टै ल्याउन लागेकाेले बुकिङ खुलाएकाे बताएकाे छ । कम्पनीले दिएकाे जानकारीका अनुसार गाडीकाे ४४० किलाेमिटर रेन्ज रहेकाे छ । यस्काे ग्राउन्ड क्लियरेन्स १७५ मिमी रहेको छ। ७२.६… पुरा पढौ

नक्साल नारायणचौरमा खुल्यो बीवाइडीको शोरुम

काठमाडौं, १ कात्तिक । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो पहिलो शोरुम काठमाडौंको नारायणचौर नक्सालमा खोलेको । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै शोरुम उदघाटन गरेको हो । यसअघि इंकले बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन बिक्री गर्दै आएको थियो । नयाँ शोरुम खोलेसँगै कम्पनीले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री पनि सार्वजनिक गरेको छ । कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा शोरुम उदघाटन गरिएको थियो ।… पुरा पढौ

पोखरा हरित यातायात परियोजनामा कोरियाले पहिलो चरणमा १५ लाख डलर खर्च गर्ने

पाेखरा, ३१ असोज । पर्यटकीय नगरी पोखराले सञ्चालन गर्ने हरित यातायात प्रणाली विकास परियोजनालाई कोरियाले सहयोग गर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा महानगर र कोरियाका विज्ञको टोलीबीच यहाँ भएको छलफलमा उक्त सहमति भएको हो । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाइएको छ । कोरियन टोलीले यस क्षेत्रको सार्वजनिक यातायात र रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना… पुरा पढौ

टिभिएसको एक्सचेन्ज मेला आजबाट

काठमाडौं, ३१ असोज । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सको आयोजनामा आजबाट 'भिएस ग्रेट एन्ड ग्राण्ड एक्सचेञ्ज मेला' शुरु भएको छ । आज असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कर्षक छुट तथा उपहारहरु पाउने छन् । कम्पनीका अनुसार मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार… पुरा पढौ