आर्थिक 📈

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

मान्म (कालीकोट), १८ असार। यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो । नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिनुभयो । “लाभग्राहीको सहजताका… पुरा पढौ

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौं, १८ असार । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ । दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक… पुरा पढौ

पोखरा महानगरको बजेट पारित

कास्की, १८ असार । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो । महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख,… पुरा पढौ

वनमा निर्भर समुदायका लागि हरित जलवायु कोषबाट ८.५ मिलियन डलर अनुदान स्वीकृत

काठमाडौं, १७ असार । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औं बैठकले नेपालको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न ८.५ मिलियन अमेरिकी डलर (करिब सवा एक अर्ब रुपैयाँ) अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बुधबार बसेको बोर्ड बैठकले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत यो परियोजना विकास गरेको हो ।… पुरा पढौ

सात दिनपछि सम्हालियो सेयर बजार: नेप्से ४४.५९ अंकले बढ्दा करिब ४ अर्बकाे काराेबार

काठमाडौं, १७ असार । बिहीबारदेखि लगातार घटिरहेको धितोपत्र बजार अन्ततः बुधबार हरियाली छाउँदै बन्द भएको छ। विगत सात कारोबार दिनको निरन्तर गिरावटलाई तोड्दै यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आकर्षक सुधार देखिएको हो। बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा उक्लिएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.७७ अंक, फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंकले बढेको छ। कारोबार रकम झण्डै ४ अर्ब परिसूचकसँगै यस दिन बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ।… पुरा पढौ

कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार खुल्ने

काठमाडौं, १७ असार। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार १७ गते, बुधबार दुई जलविद्युत कम्पनीहरूको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। नेप्सेमा कालंगा हाइड्रो लिमिटेड (KAHL) र सानिगाड हाइड्रो लिमिटेड (SGHL) को कुल ४ करोड २५ लाख कित्ता शेयर सूचीकृत भएको हो। सूचीकृत शेयरको विवरण कालंगा हाइड्रो लिमिटेड (KAHL): कम्पनीको कुल १ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। यसमध्ये सर्वसाधारणमा वितरण गरिएको ४९ लाख कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ९१ लाख कित्ता शेयर रहेको छ। सानिगाड हाइड्रो… पुरा पढौ

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु (नवलपरासी), १७ असार। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ । फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रमार्फत सङ्कलित जैविक फोहर प्रशोधन गरी उत्पादन गरिएको मल स्थानीय किसानलाई बिक्री गरिँदै आएको छ । यस कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धि तीनवटै क्षेत्रमा सकारात्मक परिणाम दिएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले… पुरा पढौ

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

काठमाडौं, १७ असार। नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा पण्डितले मौद्रिक नीति आउनुअघि हुने यसप्रकारका छलफलले नेपाल राष्ट्र बैङ्कलाई नीतिगत सुझाव प्राप्त हुने बताउनुभयो । उहाँले वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध र कतिपय अवस्थामा… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको भाउ घट्याे

काठमाडौं, १७ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १७ असार। नेपाल राष्ट्र बैङ्कले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ… पुरा पढौ