आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १९ असार। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ… पुरा पढौ

तयारी पोसाकमा लुकाएर लैजान लागिएको ८१ लाख बढीको सुनचाँदी बरामद

काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गार्मेन्टका सामान (लुगाफाटो) भनी लुकाई-छिपाई कुरियरमार्फत बाहिर लैजान लागिएको ठुलो परिमाणको सुन र चाँदीका गहना बरामद गरेको छ। बरामद गरिएका गहनाहरूको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबर रहेको छ। सुरक्षा कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, गत असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको भनी घोषणा गरिएको सामानभित्र सुन र चाँदीका गरगहनाहरू फेला पारिएको थियो। उक्त बरामद धातुहरूलाई आज असार १८ गते काठमाडौँ सुनचाँदी व्यवसायी… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट सुन र चाँदी जस्तो देखिने भारी परिमाणका गहनासहित २ जना पक्राउ

काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स (Cargo Complex) भवनबाट अमेरिका पठाउन लागिएको कपडाको बाकसभित्र लुकाइएको अवस्थामा ठुलो परिमाणमा सुन तथा चाँदी जस्तो देखिने धातुका गरगहना बरामद गरिएको छ। अवैध रूपमा यी सामग्री बाहिर पठाउन लागेको आरोपमा प्रहरीले कार्गो र लजिस्टिक कम्पनीका दुई जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार आ.व. २०८२/०८३ को मिति २०८३/०३/१६ गते अन्दाजी १७:३० बजे उक्त सामग्री फेला परेको हो। कसरी भयो बरामद ? Manifest No. AMS AP 321 मा जुत्ता, पाइन्ट,… पुरा पढौ

निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २ अर्ब विनियोजन

काठमाडौं, १८ असार । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३÷८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ । मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो । मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ ।… पुरा पढौ

नेप्सेमा ८.७८ अंककाे बृद्धि, ४ अर्ब ११ कराेडकाे काराेबार

काठमाडौं, १८ असार । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.८९ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंकले सकारात्मक रहेका छन्। बैंकिङ्ग उपसमूहले दियो बजारलाई टेवा बिहीबारको बजारलाई बढाउन… पुरा पढौ

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले दियाे ५ बुँदे सुझाव

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीति आउने समय नजिकिएसँगै यतिबेला पुँजी बजारका लगानीकर्ताहरू पनि निकै सक्रिय भएका छन्। शेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने प्रमुख नीतिगत सुधारका सुझावहरू नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष बुझाएको छ। पूँजी बजारलाई थप सुदृढ, गतिशील, तरल र लगानीमैत्री बनाउन केन्द्रीय बैंकले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष तारा प्रसाद फुल्लेलले बताएका छन्। संघले बैंक तथा… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नयाँ प्रविधि: एप लगइन नगरि सेकेन्डभरमै खाता ब्लक गर्न सकिने

काठमाडौं, १८ असार । बढ्दो डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकहरूको निक्षेप सुरक्षित राख्न ग्लोबल आइएमई बैंक लिमिटेडले अत्याधुनिक प्रविधि भित्र्याएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकहरूका लागि मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै आफ्नो खाता रोक्का (ब्लक) गर्न सक्ने अभूतपूर्व र कडा सुरक्षात्मक (Fraud Resilient) व्यवस्था मिलाएको हो। वित्तीय तथा डिजिटल साक्षरताको कमीका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि बैंकले ग्राहकको मिहिनेतको कमाइ जोगाउन यो कदम चालेको जनाएको… पुरा पढौ

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्दै राष्ट्र बैंक

काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटेर ‘र्‍याडम स्यापिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना सङ्कलन गर्ने बताइएको छ । राष्ट्र बैंकले सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गर्ने बताइएको छ । सर्वेक्षणबाट… पुरा पढौ

माछापुच्छ्रे बैंकलाई ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५’ अन्तर्गत कास्य पुरस्कार

काठमाडौं, १८ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड २०२५’ (Best Presented Annual Report Award - BPA) अन्तर्गत कास्य पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई आत्मसात् गरेको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौँमा आयोजित एक विशेष औपचारिक समारोहका बीच माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गर्नुभएको छ । यस सम्मानले… पुरा पढौ

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन (पाल्पा) , १८ असार। पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/ ८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो । यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत भएको उहाँले बताउनुभयो । सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग… पुरा पढौ