आर्थिक 📈

वन उद्यममा जोडिँदै नवलपुरका महिला

त्रिवेणी (नवलपरासी), २० असार। वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन् । पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँहरूले थाकलबाट झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन् । त्यस्तै… पुरा पढौ

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

दमौली (तनहुँ), २० असार. यहाँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो । विसं २०७७ चैत २३ गतेदेखि निर्माण सुरु भएको उक्त पुल निर्माण व्यवसायीको लापर्वाही र बजेट अभावका कारण समयमा सम्पन्न हुन सकेको छैन । व्यास-३, देउरालीनगर र ऋषिङ-१, झापुटार जोड्ने सेती नदीमाथि… पुरा पढौ

साढे एक करोड बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौं, २० असार। नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रु एक करोड ४८… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ, २० असार। राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताउनुभयो ।… पुरा पढौ

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

दमौली (तनहुँ), १९ असार । अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो । विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका… पुरा पढौ

साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट: कारोबार रकम साढे ४ अर्ब नजिक

काठमाडौं, १९ असार । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन लगातार बढेर सकारात्मक बनेको बजारमा आज भने ब्रेक लागेको हो। शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.९० अंकले ओरालो लागेको छ। परिसूचक घटेपनि कारोबार रकममा वृद्धि नेप्से सूचक घटेपनि आज कारोबार रकममा भने अघिल्लो… पुरा पढौ

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं, १९ असार। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (IPO) आज असार १९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस (NIMB Ace) क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो। मागभन्दा २१ गुणा बढी आवेदन कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर (१४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको) निष्काशन खुला गरेको थियो। यस निष्काशनमा सर्वसाधारण… पुरा पढौ

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं, १९ असार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता शेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको हो। बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसा मा अन्तिम कारोबार भएको थियो।… पुरा पढौ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौँ, १९ असार। बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र… पुरा पढौ

रोशीको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

काभ्रेपलाञ्चोक, १९ असार। यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि रु ६९ लाख प्रस्तावित बजेट… पुरा पढौ