आर्थिक 📈

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्धन नगर्न आग्रह गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवर्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवर्धन गरौँ ।” व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा… पुरा पढौ

अपि पावरको हकप्रद सेयरमा आजबाट आवेदन खुला, कहिलेसम्म दिने ?

काठमाडौं, २५ चैत । अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले काल कायम रहेको १ कित्ता बराबर नयाँ ०.३९३६ रेसियोमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । अपिले रुपैयाँ १०० मूल्य अंकित दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले सेयर निष्काशनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गरेको थियो । चैत १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम… पुरा पढौ

नयाँ बजेटका लागि सुझाव संकलन गर्दै अर्थ मन्त्रालय, कहिले छापिन्छ रातो किताब ? [कार्यतालिकासहित]

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि धमाधम बजेट बनाउँदैछ । बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा अर्थ मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेर बजेटमाथि सुझाव संकलन गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभा बैठकमार्फत बजेट सार्वजनिक गर्नुपर्छ । मन्त्रालयले संविधानको सोही व्यवस्था बमोजिम जेठ १५ मा बजेट सार्वजनिक गर्नेगरी अहिले धमाधम बजेट निर्माण गरिरहेको छ । कार्यतालिका अनुसार आगामी जेठ ८ गते मन्त्रालयले राष्ट्रपतिसमक्ष बजेट ब्रिफ्रिङ गर्नेछ ।… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २५ चैत । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १२१ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ताेलाकाे ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ… पुरा पढौ

विप्रेषण आप्रवाहमा वृद्धि गर्न श्रम मन्त्रालयले राख्याे दर्जन प्रस्ताव

काठमाडाैं, २५ चैत । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाहमा भइरहेको सङ्कुचन न्यूनीकरण गरी बढीभन्दा बढी विप्रेषण भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रस्ताव राखेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव गरेका हुन् । उनले बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा भित्र्याउन विदेशमा रहेका नेपालीलाई आकर्षित र आह्वान गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र… पुरा पढौ

समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन : राष्ट्र बैंक

काठमाडाैं, २५ चैत । नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ । बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताए । रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, “यसको प्रभाव मुलुकमा देखिएको छ । उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीलाई समस्या परेको छ… पुरा पढौ

एन आई सी एशिया लघुवित्तको सर्वश्रेष्ठ सबल बचत खाता संचालनमा

काठमाडौं, २४ चैत । देशको दुरदराजमा रहनुभएका लाखौं सेवाग्राहीहरूको माझ साथी संगै, सबल बन्दै भन्ने मूलनाराका साथ वित्तीय कारोबार गर्दै आइरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चैत्र २३ गते बाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ । आम जनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने… पुरा पढौ

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

काठमाडौं, २४ चैत । पञ्चकन्या ग्रुपले दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेको छ ।पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीच झापाको दमकमा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भई एक सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो । हालै दिवगंत हुनु भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं… पुरा पढौ

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

काठमाडाैं, २४ चैत । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवा मार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८, २०७८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसै क्रममा… पुरा पढौ

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा तथा तालिम सम्पन्न

रौतहट, २४ चैत । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति यहि चैत्र १९, २० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१०, वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका–१० का वडा सदस्य प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व… पुरा पढौ