आर्थिक 📈

‘१० प्रतिशत प्राईम डिबेन्चर २०८८’ का लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० चैत । प्राईम कमर्सियल बैंकको निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गते १० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्काशन गरेको थियो । बैंकले '१० प्रतिशत प्राईम डिबेन्चर २०८८' बिक्रीमा ल्याएको थियो । यसको अवधि १० वर्ष सम्मका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । सो ऋणपत्रबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख… पुरा पढौ

बाँझो जग्गालाई सदुपयोग गरी बाख्रापालनमा लागे मेखबहादुर

गलकोट, ३० चैत । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच, सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे । विसं २०७२ को भूकम्पपछि काठमाडौँको… पुरा पढौ

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० चैत । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिनका लाजि आज अन्तिम दिन बाँकी रहेको छ । संस्थाले चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको थियो । लघुवित्तले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल सेयरमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी… पुरा पढौ

नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडौं, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पु¥याउन राजदूत पार्कसँग आग्रह गरेका थिए । राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल… पुरा पढौ

११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं, ३० चैत । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समुदाय निर्माणमा आआफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प गरेका छन् । ‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आआफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता… पुरा पढौ

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीको माग

काठमाडौं, २८ चैत चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग सङ्घका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । सङ्घका पदाधिकारीले आज भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिले स्वदेशी चामल उद्योगलाई बचाउन आयातमा कडाइ गर्नुपर्ने माग राखेका थिए । सङ्घका अध्यक्ष गुप्ताले विदेशी आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने माग राखे । उनले भन्सार विभागका महानिर्देशकसँग… पुरा पढौ

३४.७८ अंकले घट्यो नेप्से, साढे १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, २९ चैत । साताको सेयर बजारको कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । होटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम भने सुधार भएको देखिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५२ अंकले घटेर ४४९.३६ विन्दुमा रहेको छ । कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ८३ हजार २४ कित्ता… पुरा पढौ

तथ्यहरु भन्छन्–मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौं, २९ चैत । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ । अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन नै गरेर सरकारमाथि औँला ठड्याए। यसबीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए । अघिल्लो सरकारले शैक्षिक योग्यतासम्बन्धी विवादका बीचमा लगानी बोर्डका प्रमुख कार्यकारी रहेकै अवस्थामा… पुरा पढौ

उपकार लघुवित्तको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड

काठमाडौं, २९ चैत । उपकार लघुवित्तको आईपीओमा मागभन्दा अधिक संख्यामा आवेदन परेको छ । मंगलबार बिहानसम्मको अवस्थालाई हेर्ने हो भने संस्थाको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड भएको छ । लघुवित्तले चैतको २५ देखि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । रुपैया १०० मूल्य अंकित दरमा २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कान गरिएको थियो । कुल सेयरमध्ये ३ हजार २८१ कित्ता ससेयर कर्मचारीको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका… पुरा पढौ

अर्थ मन्त्रालयका ११ कर्मचारीको बढुवा सिफारिस, को–को समेटिए ? [ नामावली सहित ]

काठमाडौं, २९ चैत । अर्थ मन्त्रालयका ११ जना कर्मचारीको बढुवा सिफारिस भएको छ । मंगलवार बढुवा समितिको सचिवालयले बढुवा सिफारिसमा पर्नेहरूको नामावली प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । सचिवालयका अनुसार नेपाल लेखापरीक्षण सेवा, रा.प. तृतीय श्रेणी, लेखा परीक्षण अधिकारी पदमा उनीहरूको बढुवा सिफारिस गरिएको हो । सोमवार बसेको बढुवा समितिको बैठकले ११ कर्मचारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप समितिले मंगलवार नामावली प्रकाशन गरेको हो । को–को परे सिफारिसमा ? पुरा पढौ