आर्थिक 📈

आइतबार नेप्से परिसूचक ३९ अंकले घट्यो, ४ अर्बको सेयर किनबेच

काठमाडौं, ८ फागुन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । लगातार ओरालो लागेको नेप्से आइतबार १.४० प्रतिशतले घटेको हो । आज सेयर कारोबार मापक नेप्से सू्चक ३९.४० अंकले घटेर २ हजार ६९३.१० अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ बिन्दुमा झरेको हो । आज २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएको हो… पुरा पढौ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले गरे पदभार ग्रहण

काठमाडौं, ८ फागुन । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । हमालले आइतबार बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । उनले भने, ‘पुँजीबजार क्षेत्रको नियमनकारी निकायलाई म नियामक जस्तो बनाउँछु ।’ उनले आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने बताए । लगानीकर्ताहरुले पनि ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउने उनले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन… पुरा पढौ

सरकारले लाइसेन्स खारेज गरेपछि धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

काठमाडौं, ८ फागुन । सरकारले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गरेपछि क्यासिनो सञ्चालकहरु धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार हालसम्म १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले ५ करोडमध्ये ४ करोड रुपैयाँ बक्यौता बुझाएसँगै अहिलेसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । उनले भने, ‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको आदेशपछि… पुरा पढौ

आजदेखि समृद्धि फाइनान्सको हकप्रद सेयर बिक्री खुला

काठमाडौं, ८ फागुन । समृद्धि फाइनान्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार हकप्रद सेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री… पुरा पढौ

६ महिनामा विद्युत प्राधिकरणको नाफा १२ अर्ब नाघ्यो

काठमाडौं, ८ फागुन । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ ।… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १८ अंकले गिरावट, २ करोडको कारोबार

काठमाडौं, ८ फागुन । साताको पहिलो कारोबार आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १८.९९ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से सूचक घटेर २ हजार ७१३.५१ अंकमा झरेको हो । नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७९ अंकले घटेर ५१४.८४ बिन्दुमा झरेको छ ।सो सेसनमा ७६ कम्पनीको १९ हजार ५९८ कित्ता सेयर २ करोड २ लाख १५ हजार २५ रुपैयाँमा खरिदबिक्री भए । नेप्सेका अनुसार यस सेसनमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको सेयर बढेको छ… पुरा पढौ

सुनकाे भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार सुनको भाउमा सामान्य बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंले यसदिन छापावाला सुनको भाउ रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९६ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको छ । यसअघि शुक्रबार छपावाला सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ कायम गरिएको थियो । यसदिन तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६… पुरा पढौ

आर्थिक गतिविधि प्रभावित हुने अवस्था आएको महासंघकाे ठहर

काठमाडौं, ८ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेकाे बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ । उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगीकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझावहरू सम्बोधन नहुँदा व्यापार, व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको महासङ्घले जनाएको छ । महासङ्घले आफ्नो धारणा सार्वजनिक गर्दै निक्षेपको ब्याजदर बढाउँदा बैंक, वित्तीय… पुरा पढौ

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको प्रतिलिटर रू १४५ कायम

काठमाडौं, ८ फागुन । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । गएराति १२ बजेदेखि नयाँ मूल्य लागू भएकाे निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१… पुरा पढौ

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, मिश्रित प्रभाव पर्न सक्छ : परिसंघ

काठमाडौं, ७ फागुन । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामा तय गरेका प्रावधानहरूले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ । परिसङ्घका तर्फबाट एक विवरण सार्वजनिक गर्दै मौद्रिक नीतिको समीक्षामार्फत उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा भन्दा कम ब्याजदर कायम गर्ने गरी अध्ययन गर्ने तथा आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमूनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग सम्बोधन हुने विश्वास व्यक्त गरेको छ । परिसङ्घ यो निर्णयको स्वागत… पुरा पढौ