आर्थिक 📈

मूल्य निर्धारणपछि धान बेच्दै किसान, खाद्य कम्पनीले खरिद गर्‍यो १५ क्विन्टल

काठमाडौं, २७ पुस । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । मूल्य निर्धारण गरी मंगलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालू आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिए । तर, गत आव २०७७/७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल… पुरा पढौ

५४ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको सेयर किनबेच

काठमाडौं, २९ पुस । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर दुई हजार ८५७.७५ बिन्दुमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढे ५३०.८३ बिन्दुमा उक्लेको छ । आज २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज अन्य समूहबाहेक… पुरा पढौ

नगद वितरणमा बिमा समितिले रोक लगाएपछि प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं, २९ पुस । प्रिमियर इन्स्योरेन्सले सेयर धनीलाई दिने नगद तथा बोनस लाभांश संशोधन गरेको छ । बिमा समितिले नगद लाभांश वितरण गर्नमा रोक लगाएपछि इन्स्योरेन्सले संशोधन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि ७.५ प्रतिशत नगद र ७।५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २८औं वार्षिक साधारणसभा आउँदो माघ २१ गते… पुरा पढौ

नेपाल हाइड्रोको लेखा परीक्षकमा यूएचवाई सुबोध एशोसिएट्स नियुक्त

काठमाडौं, २९ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको लेखा परिक्षकमा यूएचवाई सुबोध एशोसिएट्स चार्टड एकाउण्न्टेन्ट्सलाई नियुक्त गरेको छ । बुधबार बसेको कम्पनीको वार्षिक साधारणसभाबाट यूएचवाई सुबोध एशोसिएट्सलाई आर्थिक वषै २०७८/७९ को बाह्य लेखा परीक्षकमा नियुक्त गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शेषकुमार ढुंगानाले बताए । पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज विभिन्न मुलुकको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदरअनुसार आज अमेरिकी डलरको एकको खरिददर ११७.९६ रुपैयाँ छ भने बिक्रीदर ११८.५६ रुपैयाँ कायम भएको छ । युरोपियन युनियनको आज एकको १३४.०९ रुपैयाँ खरिददर छ भने १३४.७७ रुपैयाँ बिक्रीदर रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै आज यूके पाउण्ड स्टलिङको एकको १६०.८० रुपैयाँ खरिददर छ भने १६१.६२ रुपैयाँ बिक्रीदर रहेको छ । आज अष्ट्रेलियन डलर एकको ८५.०८ रुपैयाँ खरिददर र ८५.५२ रुपैयाँ बिक्रीदर कायम भएको छ भने जापानीज… पुरा पढौ

लगातार सुनचाँदीको भाउ उकालाे लाग्दै

काठमाडौं, २९ पुस । लगातार सुनचाँदीको भाउ उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार पनि सुनचाँदीको भाउ उकालो लागेको हो । यसदिन छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले रू ५०० ले बढेको सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा करोबार भईरहेको छ ।… पुरा पढौ

४८ लाख राहत वितरण

रसुवा, २९ पुस । लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो । गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच… पुरा पढौ

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ-गृहमन्त्री

काठमाडौं, २९ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए। सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ, संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ ।… पुरा पढौ

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन विभागको आग्रह

काठमाडौं, २८ पुस । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तभित्रमा ४० प्रतिशत कर बुझाउन आग्रह गरेको छ । ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको आग्रह गरेको हो । चालू आर्थिक वर्ष ०७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७८/७९ को आयकरको… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित : विश्व बैंक

काठमाडौं, २८ पुस । चालू आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालू आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो । कोभिड-१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति,… पुरा पढौ