आर्थिक 📈

३१ लाख कित्ता आइपीओ निष्काशन गर्दै ग्रीन भेन्चर्स

काठमाडौं, २३ माघ । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न… पुरा पढौ

आईतबार सुनकाे भाउ स्थिर

काठमाडौं, २३ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार माघ २१ गते शुक्रबार भएको थियो । सोहि दिनको भाउमा आज कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन यसदिन प्रतिताेला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि छापावाला सुन सोहि भाउमा खरिदबिक्री भएको थियो । तेजाबी सुन प्रतिताेला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि भाउमा कारोबार… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, १ करोड ९७ लाखको कारोबार

काठमाडौं, २३ माघ । साताको पहिलो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । सो सेसनमा नेप्से सूचक ०.३० अंकले बढेर २ हजार ८७७.०४ अंकमा प्रवेश गरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० अंकले बढेर ५४०.१५ बिन्दुमा प्रवेश गरेको नेप्सेले जनाएको छ । २९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँमा सेयर किनबेच भएको छ । पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, २३ माघ । नेपाल लाइफ इन्स्योन्स कम्पनीले गत साताको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको इन्स्योरेन्स सञ्चालक समितिको ३३२औं बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद सेयर गरी १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्ताव गरिएको लाभांश बिमा समिति र नेपाल लाइफको वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्ने प्राप्त गर्ने कम्पनी सचिव विनोदकुमार भुजेलले… पुरा पढौ

प्रतिकूल मौसमका कारण घर पालुवा मह उत्पादनमा कमी

लमजुङ, २२ माघ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ… पुरा पढौ

देशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

गलेश्वर, २२ माघ । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का ध्रु थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर,

काठमाडौं, २१ माघ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम… पुरा पढौ

दूधजन्य पदार्थ : कागजमा मात्रै आत्मनिर्भर, तथ्यांकमा आयातै आयात

काठमाडौं, २१ माघ । गएको चैत १२ गते ललितपुरको जावलाखेलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक तामझामपूर्ण कार्यक्रममा नेपाल दूध तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरे । घोषणा कार्यक्रममा सरकारी लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न टेवा पुर्‍याएको भन्दै वक्ताहरुले समेत सरकारको प्रशंसा गरेका थिए । तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले त डिग्री, पीएचडी गरेका विद्वानभन्दा प्रधानमन्त्रीको दृढ संकल्प विकासको आधार भएको ठोकुवा गरिन् । उनले प्रधानमन्त्रीको दृढ योजना नै मुलुकलाई आवश्यक रहेको र दूधजन्य… पुरा पढौ

वडाध्यक्षको पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर, २१ माघ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उनले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । वडाध्यक्ष थापामागरले भने, ‘मैले आफू जनप्रतिनिधि भएपछि पाएको पाँच वर्षको सम्पूर्ण तलब,… पुरा पढौ

शिखर इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २१ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । सेयर मूल्य नेप्समा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ५५०.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ९८६ रहेको थियो । कम्पनीले कम्पनीले हकप्रद निष्काशनको लागि आज माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२… पुरा पढौ