आर्थिक 📈

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं, ५ फागुन । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजक रहेको छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो… पुरा पढौ

तीन कम्पनीको २ करोड ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ५ फागुन । आज तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शाइन रेसुंगा पमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्र्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो । शाइन रेसुंगा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५ कित्ता बोनस सेयर, निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अव यो बोनस सेयर सम्बन्धित सेयधनीको हितग्राही खातामा आएपछि खरिद विक्री गर्न… पुरा पढौ

सीबीआइएल क्यापिटलद्वारा संस्थापक सेयर खरिद बिक्री व्यवस्थापन सेवा सुरु

काठमाडौं, ५ फागुन । सीबीआइएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक सेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ । संस्थापक सेयरधनीको सेयरहरुको उचित मूल्यांकन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकरमार्फत् कारोबार गर्ने सेवाहरु दिइनेछ । यसका लागि इच्छुक संस्थापक सेयरधनीहरुले सीबीआइएल क्यापिटल डिल्लीबजारमा सम्पर्क गर्न सकिने जनाएको छ । पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं, ५ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको… पुरा पढौ

साताको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमा झर्‍यो

काठमाडौं, ५ फागुन । साताको अन्तिम दिन सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से सूचक १.९३ अंकले घटेर २ हजार ७३२.५२ अंकमा झरेको छ । नेप्से सूचक घटे पनि आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । बुधबारकै बिन्दुमा कारोबार भएको छ । २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत… पुरा पढौ

भन्सार एजेन्टको लिखित परीक्षाका लागि तोकियो केन्द्र

काठमाडौं, ५ फागुन । भन्सार विभागले २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ । यसअघि तोकेको परीक्षा कोभिडका कारण हुन नसकेपछि विभागले नयाँ केन्द्र तोकेको हो । परीक्षामा लोक सेवा आयोगको कोभिड–१९ सम्बन्धि मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ । विभागले २०७७ चैत १६ गते सूचना निकाल्दै ६६० जना भन्सार एजेन्टको माग गरेको थियो । परीक्षार्थीको प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने जनाएको छ । लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ भन्सार विभागले… पुरा पढौ

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा ७ महिनामा १२ अर्ब राजस्व संकलन

नवलपुर, ५ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर… पुरा पढौ

७ महिनामा १२ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं, ५ फागुन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), ५ फागुन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको ७ महिनामा १२ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म १२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख रुपैयाँ राजस्व असुली… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना : सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

तनहुँ, ५ फागुन । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोत साधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रंकिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । जलाशययुक्त यस… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ९ लाख ६२ हजारको कारोबार

साताको अन्तिम दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको चौथो कारोबार दोहोरो अंकले घटेको सेयर बजार आज भने प्रि-ओपन सेसनमै झिनो अंकले बढेको छ । सो सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक ०.८८ अंकले बढेर २ हजार ७३५.३२ बिन्दुमा प्रवेश गरेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०९ अंकले बढेर ५१८.७४ बिन्दुमा प्रवेश गरेको हो । नेप्सेका अनुसार सो सेसनमा १४ कम्पनीको १ हजार ६४३ कम्पनीको सेयर ९ लाख ६२ हजार ७९२ रुपैयाँमा किनबेच भएको छ ।… पुरा पढौ