आर्थिक 📈

नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले बढ्यो, कुल आय कति ?

काठमाडौं, १ फागुन । नेपाल टेलिकमको ३ अर्ब ८९ करोडभन्दा बढी रुपैयाँले बढेको छ । टेलिकमको चालू आवको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवमा १८.४९ अंकले नाफा बढेको हो । गत वर्ष ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको टेलिकमको चालू आवमा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ ९१८.४९ प्रतिशत०ले वृद्धि भएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले टुजी तथा थ्रीजी सेवाको पहुँच… पुरा पढौ

प्रि-ओपन सेसनमा १७ अंक घट्यो नेप्से, १ करोड ४५ लाखको कारोबार

काठमाडौं, १ फागुन । साताको पहिलो कारोबारको प्रि ओपन सेसनमा सेयर बजार दोहोरो अंकले घटेको छ । सो सेसनमा सेयर कारोबार मापन नेप्से परिसूचक १७.६८ अंकले घट्दा २ हजार ७८३.८८ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि-ओपन सेसनमा ७० कम्पनीको २० हजार ८१३ कित्ता सेयर १ करोड ४५ लाख ५९ हजार ५४६ रुपैयाँमा किनबेच भएको छ । पुरा पढौ

एकैदिन रु १५०० ले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।छापावाला सुनमा एकैदिन रुपैयाँ १५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा एकैदिन रुपैयाँ १५०० ले बृद्धि भएर तोलाको ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार छपावाला सुन तोलाको रुपैयाँ ९४ हजार तोकिएको थियो । यसदिन तेजाबी सुन तोलाको ९५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुनको… पुरा पढौ

झापामा १५ पालिकाकाे ६ हजार हेक्टर जमिनमा तोरीखेती बिस्तार

झापा, १ फागुन । तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् । हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका… पुरा पढौ

इमर्जिङ नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ फागुन । इमर्जिङ नेपालको आईपीओमा आवेदन पेश गर्नका लागि आज फागुन १ गते आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गते सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । सत्ताइस हजार ७८० कित्ता सेयर सामुहिक लगानी कोषका लागि रहेको छ । अन्य बाँकी रहेको ५ लाख १६ हजार ७०८… पुरा पढौ

पानखेतीबाट कृषककाे मासिक रु एक लाख आम्दानी

बनियानी, १ फागुन । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए। पव “नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उनले भने, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।” समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो । समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार नेपालमा आयात… पुरा पढौ

सहकारीको रु ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक, २९ माघ । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार हुनुभएको खुलासा बाहिरिएको हो । उहाँ गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताउनुभयो । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको… पुरा पढौ

इमर्जिङ नेपालको आईपीओमा ४०.५८ गुणा ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

काठमाडौं, २९ माघ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा तेश्रो दिनसम्म १८ लाख २ हजार १८२ आवेदन परेका छन् । सेयर निष्काशन भएको तेश्रो दिनसम्म आउँदा ४०.५८ गुणा ओभरसब्सक्राइब्ड भएको छ । ति आवेदनलाई हेर्दा दुई करोड ९ लाख ६९ हजार १९० कित्ता सेयरको माग गरिएको छ । यो बिक्रीका लागि माग गरिएको भन्दा ४०.५८ गुणा बढी हो । माघ २६ गते कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।… पुरा पढौ

इच्छाकामना गाउँपालिकाद्वारा एकल महिला र पुरुषलाई भत्ता

चितवन, २९ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली सङ्कलनका सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको… पुरा पढौ

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको ध्यानाकर्षण

काठमाडौं, २९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो । कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववर्त अवस्थामा सञ्चालन हुन नसकेको तथ्य पेश गर्दै महासङ्घले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपको व्याज बढाउने… पुरा पढौ