काठमाडौं, २८ माघ । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेँसीगाउँ संरक्षणका लागि नेपाल सरकारसँग बजेट माग गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिङ्गो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणका लागि संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गदैं प्रधानमन्त्री देउवालाई अनुरोधसहित वस्तुगत विवरण हस्तान्तरण गरेका हुन् । बजार संरक्षणमा अहिलेसम्म बजेट नराखिएकाले यसपटक संरक्षणको काममा ढिलाइ भए अबको बर्खामा थप क्षति हुने…
पुरा पढौ