आर्थिक 📈

‘मकै जोन कार्यक्रम’बाट किसान उत्साहित

ताप्लेजुङ, ३० पुस । ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् । चालू आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलो पटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई… पुरा पढौ

भारतमा नेपाली उत्पादनकाे निर्यात बढ्यो, चीनमा घट्यो

काठमाडौं, ३० पुस । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारको ग्राफ बढिरहेको छ । त्यसमा पनि आयातसँगै निर्यात पनि निकै बढेको देखिन्छ । चालू आवको पहिलो पाँच महिनामा मात्रै वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार चालू आवको पहिलो पाँच महिनामा एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारतसँग १३८ प्रतिशत र अन्य मुलुकतर्फ भएको… पुरा पढौ

५ महिनामा ३ खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

काठमाडौं, ३० पुस । मुख्य श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको देखिएकाे छ । सो अवधिमा कूल र ३ खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो… पुरा पढौ

आज अमेरिकी डलरको मूल्य घट्यो, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, ३० पुस । आज अमेरिकी डलरको मूल्य केही पैेसाले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलरको मूल्य हिजोको मूल्यभन्दा चार पैसाले घटेको हो । अमेरिकी डलर एकको खरिददर ११७.९३ रुपैयाँ र विक्रीदर ११८.५२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको एकको खरिददर १३५.३० र विक्रीदर १३५.९९ रुपैयाँ कायम भएको छ । आज यूके पाउण्ड स्टलिङको एकको खरिददर १६२.०३ रुपैयाँ र विक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ । त्यस्तै… पुरा पढौ

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

उदयपुर, ३० पुस । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ । नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ । माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष… पुरा पढौ

नबिलले गाभ्ने भयो बङ्गलादेश बैंक, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ३० पुस । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरे। बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन… पुरा पढौ

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

काठमाडौं, २९ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदवारीमा कृषि बिमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । इन्स्योरेन्सका अनुसार तीन दिनसम्म चलेको तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा बिमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पुरा पढौ

विशाल बजारको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, २९ पुस । विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । बिहीबार भएको सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिकले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् । माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारको… पुरा पढौ

संघीय सरकारको चालू खर्च ३१७ अर्ब पुग्यो, पुँजीगत खर्च २८ अर्ब

काठमाडौं, २९ पुस । चालू आवको पाँच महिनामा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालू खर्चको तुलनामा पुँजीगत खर्चको ग्राफ भने कछुवा गतिमा देखिएको छ । चालू आवको पाँच महिनामा २८ अर्ब ४० करोड रुरपैयाँ पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्था अन्तर्गतको खर्च ४१ अर्ब ३० करोड गरी कुल खर्च… पुरा पढौ

१३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं, २९ पुस । विदेशी मुद्राको सञ्चिती १३.२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्त १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२१४ अर्ब ३ करोड कायम भएको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये… पुरा पढौ