आर्थिक 📈

आईतबार सेयर बजार सकारात्मक लयमा

काठमाडौं, २ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६६ अंकले बढ्यो । बिहिबार ५४.१२ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । आजको सेसनमा १५.६६ अंकले बढेर २८७३.४२ विन्दुमा उक्लियाे । सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढ्यो । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको ५६ लाख २५ हजार ८२२ रुपैयाँ बराबरको ११ हजार २०२ कित्ता सेयरको कारोबार भयाे । सबै कम्पनीको सेयर बढेको देिखयाे । यसैबीच यो समाचार तयार पार्दासम्म ११.५० बजे… पुरा पढौ

आइएमएफद्वारा नेपाललाई ४६ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौं, २ माघ । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार आइएमएफले नेपाललाई २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४६ अर्ब ७० करोड ऋण शून्य ब्याज दरमा स्वीकृत गरेको हो । यो ऋण सहायतामध्ये १३ अर्ब रुपैयाँ पहिलो किस्ता वापत एक हप्ताभित्रै प्राप्त हुनेछ । बाँकी रकम किस्ता किस्तामा नेपाल आउने अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र… पुरा पढौ

आज कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८.३५ रुपैयाँ कायम भएको छ भने विक्रीदर ११८.९५ रुपैयाँ कायम भएको छ । आज युरोपियन युरोको एकको खरिददर १३५.६१ र विक्रीदर १३६.३० रुपैयाँ कायम भएको छ भने यूके पाउण्डको एकको खरिददर १६२.४९ र १६३.३१ रुपैयाँ विक्रीदर कायम भएको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.०६ रुपैयाँ कायम भएको छ भने विक्रीदर ८६.४९ कायम भएको छ… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाला सुन तोलामा ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२… पुरा पढौ

गरिबसँग ऋृषिराम कार्यक्रमका लागि रु एक करोडको अक्षय कोष स्थापना

गलकोट, २ माघ । बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ । बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्मा थिए । उनको अर्धकदको शालिक तथा स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिए। नगरपालिकाले नगरका असहाय र विपन्नलाई सहयोग गर्नै उद्देश्यले ‘गरिबसँग ऋषिराम कार्यक्रम’ अन्तर्गत करिब रु एक करोडको अक्षय कोष स्थापना गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को रु पाँच लाख र आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित रु छ… पुरा पढौ

किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

सिन्धुपाल्चोक, १ माघ । इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।’’ अध्यक्ष वंशलाल तामाङले भन्नुभयो, “कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन् ।” ‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि… पुरा पढौ

बढ्यो कन्दमूलको कारोबार, २२१ मेट्रिक टन आयात

काठमाडौं, १ माघ । माघे सक्रान्ति नजिकिँदै जादा तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलको कारोबार बढेको छ । कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष पुस महिनामा करिब एक हजार ८०० मेट्रिक टन कन्दमूलको व्यापार भएको छ । गत वर्षको तुलनामा २२१ मेट्रिक टन कन्दमूल बढी आयात तथा कारोबार भएको समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले जानकारी दिए। यी कन्दमूलको ९० प्रतिशत उत्पादन आन्तरिक बजारले ओगटेको छ भने १० प्रतिशत भारतबाट आयात हुने गरेको छ । सर्लाहीबाट आउने तरुलले… पुरा पढौ

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

काठमाडौं, ३० पुस । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी तीन वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिलासमेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक सेयर धनी समूह 'क' को तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आ.व. २०७५/७६ र आ.व. २०७६/७७ को लेखा परीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज… पुरा पढौ

सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, ३० पुस । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । उनले माघ २ गते पदभार ग्रहण गर्नेछन् । यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत श्रेष्ठले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहेर बैकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव बटुलेका छन् । पुरा पढौ

बतासको बचाउमा एफएनसीसीआइ, बिना प्रमाण व्यवसायीको चरित्रहत्या नगर्न आग्रह

काठमाडौं, ३० पुस । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्र (बतास समूह) माथि एकतर्फी चरित्र हत्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले चिन्ता व्यक्त गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एफएनसीसीआइले पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघले भनेको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आब्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले… पुरा पढौ