काठमाडौं, १ पुस । आज पुस महिनाको पहिलो दिन बिहिबार तीनवटा लघुवित्तको सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । यसरी सेयरमूल्य समायोजन भएका लघुवित्तहरुमा सपोर्ट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था तथा वोमी लघुवित्त रहेका छन् । तीनवटै लघुवित्तले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले उनीहरुको नयाँ मूल्य कायम गरेको हो । यी तीनवटै संस्थाको सेयरमूल्य समायोजनपछि सपोर्ट लघुवित्तको शेयरमूल्य १,७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १,४२७ रुपैयाँ ५० पैसा तथा वोमी…
पुरा पढौ