आर्थिक 📈

२० अंकले बढ्यो नेप्से, मध्य भोटेकोशीको सेयरमा सर्किट

काठमाडौं, ३ माघ । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर मापक नेप्से परिसूचक २०.६९ अंकले बढेर दुई हजार ९४७.४३ अंकमा प्रवेश गरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ अंकमा प्रवेश गरेको छ । आइतबारको तुलनामा आज सेयर बजारसहित कारोबार रकम घटेको छ । आइतबार नेप्से ६९ अंकले बढेको थियो भने ९ अर्बभन्दा बढीको कारोबार भएको थियो । आज २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, ७ अर्ब ९० करोड बढीको कारोबार

काठमाडौं, ३ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजार सकारात्मक यात्रामा गएको छ । बजार बन्द नहुँदासम्मको स्थितिमा भने के हुने होला भन्ने एकिन भएको थिएन । कारोबारमा करेक्सन भएको सेयर बजारमा बन्द हुँदाको समयमा पुग्दा भने दोहोरो अंकले उकालो लाग्यो । पछिल्ला दिनहरुमा लगानीकर्ताहरुको मनोवल बढेको छ । सेयर खरिदकर्ताहरुको उत्साह बढ्नुले बजारलाई सकारात्मक लयमा लैजान सहयोग पुर्याएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २०.६९ अंकले बढेको छ । यसरी बढेको नेप्से… पुरा पढौ

९ करोड ८२ लाख लाभांश वितरण गर्दै किसान लघुवित्त

काठमाडौं, ३ माघ । किसान लघुवित्त वित्तीय संस्थाले पौने १० करोडभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनी सचिव नवराज पोखरेलका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय रुपैयाँको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । जसअनुसार बोनस सेयर २५ प्रतिशतबाट ९ करोड ८२… पुरा पढौ

प्रि-ओपनिङमा १८ अंकले बढ्यो नेप्से, एक करोड १८ लाखको कारोबार

काठमाडौं, २ माघ । प्रि-ओपनिङमा नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १८ अंकले बढेको छ । बजार मापन गर्ने सूचक १८.१७ अंकले बढेर परिसूचक २९४४.९२ बिन्दुमा रोकिएको हो । नेप्सेका अनुसार ४२ कम्पनीको २९ हजार ५७४ कित्ता सेयर १ करोड १८ लाख ५२ हजार ८० रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ समूहको १३.६५, विकास बैंक ८.४०, फाइनान्स ५.९२, जलविद्युत १४।७८, जीवन बिमा ८१.७०, उत्पादन तथा प्रशोधन ११८.९४, निर्जीवन बिमा समूहको उपसूचक ११.४६ अंकले बढेको छ । पुरा पढौ

सोमबार सुनचाँदीको भाउमा सामान्य बृद्धि

काठमाडौं, ३ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । छापावाला सुन तोलामा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ तोलाको ९२ हजार ४०० रूपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेएको छ । आईतबार तेजाबी सुन… पुरा पढौ

नेको इन्सुरेन्सद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३ माघ । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको ४१७ औं बैठकले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरेर १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनस सेयर तथा नगद सेयर बिमा समितिको स्वीकृति एवं आगामी साधारणसभाबाट पारितपश्चात् वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जानकारी दिए । पुरा पढौ

एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच साझेदारी-मलेसियाबाट रकम पठाउन सकिने

काठमाडौं, ३ माघ । एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच ५० बढी देशहरुबाट नेपालमा रहेका बैंक तथा कुनै पनि स्थानमा रकम पठाउन सकिनेबारे साझेदारी भइरहेको छ । बैंकका अनुसार मलेसियाबाट वर्ल्डरेमिटमार्फत नेपालको कुनै पनि स्थानमा रहेको बैंक खातामा रकम पठाउन सकिने भएको छ । यसका बारेमा पनि साझेदारी कायम भएको छ । यसका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, न्युजिल्याण्ड, नर्वे, सिंगापुरलगायत ५० बढी देशकाे आफु बसेकै स्थानबाट रकम पठाउन सकिने भएको हाे । यस नयाँ साझेदारी… पुरा पढौ

मृतकका परिवारलाई आर्थिक सहयोग

वालिङ, ३ माघ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ ।” नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय… पुरा पढौ

माछापुच्छ्रे क्यापिटलको कायमुकायम सीईओमा शर्मा नियुक्त

काठमाडौं, २ माघ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायमुकायम सीईओमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार बैद्यको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई शनिबारबाटै लागू हुनेगरि कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको हो । अर्को व्यवस्था नभए सम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा शर्मालाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टस्… पुरा पढौ

२९२६ अंक पुग्यो नेप्से, साढे ९ अर्बको सेयर किनबेच

काठमाडौं, २ माघ । साताको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको सेयर बजार आइतबार भने उकालो लागेर नेप्से बिन्दु पनि २९ सयभन्दा माथि पुगेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर दुई हजार ९२६.७४ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.८१ अंकले बढेर ५४२.८३ बिन्दुमा प्रवेश गरेको हो । आज २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर… पुरा पढौ