आर्थिक 📈

नेप्सेमा लगातार गिरावट: परिसूचक २०.२७ अंकले घट्यो, कारोबार ४ अर्ब ८ करोडमा खुम्चियो

काठमाडौं, २५ जेठ । साताको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजारमा नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेले यस दिन (सोमबार) पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको छ। सूचकसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.६२ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले ओरालो लागेको छ। कारोबार रकममा पनि मन्दी नेप्से सूचकसँगै यस… पुरा पढौ

यो वर्ष पनि अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं, २५ जेठ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले आफ्ना शेयरधनीहरुलाई यो वर्ष पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (बोनस शेयर वा नगद लाभांश) वितरण नगर्ने निर्णय गरेको हो। यसका साथै, सोही बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थाले वार्षिक साधारण सभा आह्वान… पुरा पढौ

प्रतिनिधि सभा बैठक-आज बजेटमाथि छलफल सुरु

काठमाडौं, २५ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ। संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा बजेट र व्यवस्थापन कार्यसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पेस हुनेछन्। बजेटमाथि सामान्य छलफल सुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत… पुरा पढौ

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता पठाइँदै

कीर्तिपुर (काठमाडौँ), २५ जेठ। स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत… पुरा पढौ

म्यारियटसँगको साझेदारी नेपालको आतिथ्यका लागि ऐतिहासिक ‘स्टेटमेन्ट’ : विनोद चौधरी

काठमाडौं, २५ जेठ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताएका हुन् । आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल सुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे ।… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २५ जेठ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ… पुरा पढौ

क्वेस्ट फर्मास्युटिकल्सको वित्तीय प्रदर्शन लोभलाग्दो: आम्दानी र रेटिङ दुवैमा बलियो पकड

काठमाडौं, २४ जेठ । नेपालको औषधि उत्पादन क्षेत्रमा स्थापित नाम क्वेस्ट फर्मास्युटिकल्सले आफ्नो २५ वर्ष लामो यात्रामा बलियो वित्तीय प्रगति हासिल गरेको छ। सन् २००१ देखि व्यावसायिक उत्पादन सुरु गरेको यस कम्पनीले सन् २०२५ मा करिब ३ अर्ब नजिकको आम्दानी गर्दै आफ्नो बजार हिस्सा सुरक्षित गरेको हो। आम्दानीको ग्राफ उकालो लाग्दै इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, क्वेस्ट फर्मास्युटिकल्सले सन् २०२५ मा २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यो सन् २०२४ को २ अर्ब ८५ करोड १०… पुरा पढौ

सेयर बजारमा कडाइ: २०८३ असारदेखि डिम्याट खातामा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

काठमाडौँ, २४ जेठ। नेपाली पुँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन सरकारले नयाँ कदम चालेको छ। अब नेपाली सेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न र पुराना खाताहरू अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गर्न सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई निर्देशन दिएको छ। मुख्य विशेषताहरू र समयसीमा सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा आउन… पुरा पढौ

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौं, २४ जेठ। बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी… पुरा पढौ

आज विश्व खाद्य सुरक्षा दिवस-दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौं, २४ जेठ। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका… पुरा पढौ