आर्थिक 📈

नेप्से ११.३७ अङ्कले घट्यो, साढे ५ खर्बकाे काराेबार

काठमाडौं, २२ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ४१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७७ अङ्कले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ । कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर लिलाम बिक्रीमा

काठमाडौं, २२ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (United Ajod Insurance Limited) ले अवितरित हकप्रद शेयर जेठ २९ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेका शेयरहरू लिलाममार्फत बिक्री गर्न लागेको हो। लिलाममा संस्थापक समूहअन्तर्गत ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहअन्तर्गत ६ हजार ६३३ कित्ता गरी कुल ७० हजार ४८० कित्ता शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ। उक्त शेयर खरिद गर्न… पुरा पढौ

दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व सङ्कलन

कैलाली, २२ जेठ। धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले राससलाई जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।… पुरा पढौ

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ तान्दै

काठमाडौं, २२ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बिहीबार बैंक तथा वित्तीय संस्थाबाट ७० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा… पुरा पढौ

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं, २२ जेठ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच… पुरा पढौ

बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ एसियाका दोस्रो धनी व्यक्ति बने

काठमाडौं, २२ जेठ । टिकटकको मातृ कम्पनी बाइटडान्सका सह–संस्थापक झाङ यिमिङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा उदाएका छन्। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार झाङको कुल सम्पत्ति ९३ अर्ब अमेरिकी डलर (करिब ८.९ लाख करोड रुपैयाँ) पुगेको छ। अर्कोतर्फ रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति ८६ अर्ब डलर (करिब ८.३१ लाख करोड रुपैयाँ) मा सीमित भएपछि उनी तेस्रो स्थानमा झरेका छन्। अडानी समूहका अध्यक्ष गौतम अडानी भने ११.१९ लाख करोड रुपैयाँको सम्पत्तिसहित एसियाकै सबैभन्दा धनी… पुरा पढौ

छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर, २२ जेठ। टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो । यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसान सुनाउँछन् । यही कारणले युवा पुस्तासमेत… पुरा पढौ

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके), २२ जेठ। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २२ जेठ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ… पुरा पढौ

दुई दिनको वृद्धिपछि नेप्सेमा ब्रेक, कारोबार रकम पनि संकुचित

काठमाडौं, २१ जेठ । विगत दुई कारोबार दिनदेखि लगातार बढिरहेको धितोपत्र बजार (नेप्से) मा साताको अन्तिम कारोबार दिन बिहीबार भने गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको छ। नेप्से महाप्रलयसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.६७ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेका छन्। कारोबार रकम ४ अर्ब ७० करोडमा सीमित परिसूचकसँगै बिहीबार… पुरा पढौ