आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २४ जेठ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ… पुरा पढौ

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

धरान (सुनसरी), २४ जेठ। सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ । बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई… पुरा पढौ

साताको सेयर: परिसूचक करिब १ प्रतिशत घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं, २३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७८२.१० विन्दुमा रहेको नेप्से परिसूचक यो साता २६.६९ अंक अर्थात् ०.९६ प्रतिशत घटेर २७५५.४१ विन्दुमा कायम भएको हो। यो साता पाँच कारोबार दिन बजार खुला रहेकामा दुई दिन नेप्से बढेको तथा तीन दिन घटेको थियो। साप्ताहिक अवधिमा सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै १.०९ अंकले ओरालो लागेका छन्। परिसूचकसँगै कारोबार रकममा पनि… पुरा पढौ

एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौं, २३ जेठ। बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने… पुरा पढौ

पाैने ३ अर्बकाे आईपीओ आउँदै, ६ कम्पनीले दिए आवेदन

काठमाडौं, २३ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका थप ६ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। यी कम्पनीहरूले पूँजी बजारमार्फत कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना बनाएका हुन्। बोर्डमा आवेदन दिने कम्पनीहरूमा जलविद्युत, उत्पादन तथा प्रशोधन र कृषि क्षेत्रका रहेका छन्। ६ वटा कम्पनीले संयुक्त रूपमा २ करोड ७८ लाख ३४ हजार ५३१ कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन्। आवेदन दिने… पुरा पढौ

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ), २३ जेठ। भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको हो । कार्यक्रमअन्तर्गत १४ थान मिनी टिलर, १० थान कम्बाइन्ड मिल, चार थान ‘स्प्रे मेसिन’ तथा चार थान घाँस काट्ने उपकरण वितरण गरिएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिनुभयो । कृषि कार्यमा प्रयोग हुने यस्ता उपकरणले… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २३ जेठ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ५३ पैसा… पुरा पढौ

अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन), २३ जेठ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डाको रु ५४५, मध्यम (मिडियम) अण्डाको रु ५१५ तथा… पुरा पढौ

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे

काठमाडौं, २२ जेठ। नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताउनुभएको छ । आज आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताउनुभयो । परिसङ्घले लगानी बोर्डसँगको सहकार्यमा उक्त अध्ययन गरेको थियो । “बीसभन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनअनुसार उक्त लक्ष्य हासिल गर्न वार्षिक औसत छ प्रतिशत आर्थिक… पुरा पढौ

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला निकाय तथा सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम तयार गरिने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बैंकका अनुसार मौद्रिक नीति थप प्रभावकारी, समसामयिक र अर्थतन्त्रका आवश्यकता अनुरूप बनाउन विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझाव संकलन गर्न लागिएको हो। इच्छुक व्यक्ति, संघ–संस्था तथा अन्य… पुरा पढौ