आर्थिक 📈

बजेटले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने चेम्बरको विश्वास

काठमाडौं, १८ जेठ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकाङ्क्क्षी देखिए पनि यसको सफल कार्यान्वयन हुनसके मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने बताएका छन् । सरकार गठन भएको दुई महिनाको छोटो गृहकार्यमा आएको यो बजेटलाई चेम्बरले एक सकारात्मक सुरुवातका रूपमा लिएको छ । अध्यक्ष अग्रवालले चेम्बरले बुझाएका अधिकांश सुझावहरू बजेटमा सम्बोधन भएको भन्दै अर्थमन्त्रीप्रति आभार… पुरा पढौ

चार अर्ब २ करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), १८ जेठ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको… पुरा पढौ

पेट्रोलियम पदार्थको भाउ यथावत, निगमलाई मासिक ६२ करोड बढी घाटा

काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भए तापनि उपभोक्ता हितलाई ध्यानमा राख्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन परिस्थिति सिर्जना भए तापनि उपभोक्तामाथि थप आर्थिक भार नपार्ने उद्देश्यले हालकै मूल्यलाई निरन्तरता दिइएको निगमले जनाएको छ। जुन १ (जेठ १८) देखि… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राकाे भाउ

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २१ पैसा र बिक्रीदर १९४ रुपैयाँ… पुरा पढौ

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो-अर्थमन्त्री वाग्ले

काठमाडौं, १७ जेठ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो । अर्थमन्त्री डा वाग्लेले आफू… पुरा पढौ

बजेटका केही व्यवस्थामा पुनर्विचार गर्नुपर्छ-एमाले पोखरा-२१ का अध्यक्ष थापा

पाेखरा, १७ जेठ । नेकपा एमाले पोखरा–२१ का वडा कमिटी अध्यक्ष राजेन्द्र थापाले सरकारले सार्वजनिक गरेको बजेटका केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै नागरिकको क्षमता, पहुँच र दैनिक जीवनमा पर्ने प्रभावलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क, निजी अस्पतालमा उपचार गर्दा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट तथा निजी अस्पतालमा स्वास्थ्य बिमाको सुविधा नहुने व्यवस्थाले मध्यम… पुरा पढौ

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले आईपीओ खुलाउने

काठमाडौं, १७ जेठ। अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा आगामी असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ८:०० बजे देखि सुरु हुनेछ। साधारणसभाका मुख्य कार्यसूचीहरू: आईपीओ निष्काशन: कम्पनीको आगामी वार्षिक साधारणसभाको मुख्य एजेन्डा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय पारित गर्नु रहेको छ। प्रबन्धपत्र तथा नियमावली संशोधन: कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल आवश्यक संशोधन गर्ने।… पुरा पढौ

एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुनको भाउ

काठमाडौं, १७ जेठ। बितेका केही दिनदेखि उतारचढाव भएको सुनको भाउ आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा… पुरा पढौ

ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व सङ्कलन

काठमाडौं, १७ जेठ। बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी… पुरा पढौ

शेयर बजारमा बीमा कम्पनीहरूको ‘अर्बौंको दबाब’- जीवन बीमाकै हिस्सा ८१ प्रतिशत

काठमाडौं, १७ जेठ। नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको रूपमा रहेका बीमा कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको साधारण शेयरमा मात्रै अर्बौँ रुपैयाँ परिचालन गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको आधिकारिक वित्तीय विवरण अनुसार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूले सूचीकृत साधारण शेयरमा मात्रै कुल ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका हुन्। यस लगानीमा दीर्घकालीन प्रकृतिको कोष खडा गर्ने जीवन बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी अर्थात् ८१ प्रतिशतभन्दा… पुरा पढौ