आर्थिक 📈

थुलुङ दूधकोशीको राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा

सोलुखुम्बु, ८ कात्तिक । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो ।गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकले अब घरमै बसेर कर तिर्न सक्ने छन् भने। सो प्रणाली मार्फत गाउँपालिकाको मातहतमा करदाताको… पुरा पढौ

पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीतिक योजना तयार

काठमाडौं, ८ कात्तिक । आगामी पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सिइओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी… पुरा पढौ

विद्युत् उत्पादन अनुमतिपत्र रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव बैरागी

काठमाडौं, ८ कात्तिक । सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण तथा विद्युत् उत्पादनको अनुमति प्रदान गर्ने कार्य नरोकेको स्पष्ट पारेको छ । गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्ने तथा विद्युत् खपत वृद्धि गर्ने विषयमा गम्भीर छलफल भइरहेका उल्लेख गर्दै सरकारले आयोजनाको अनुमति सम्बन्धमा कुनै पनि निर्णय नभएको स्पष्ट पारेको हो । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने, “अनुमति रोक्ने कुनै निर्णय भएको छैन, त्यस्तो कुनै नीति बनेको पनि छैन ।”… पुरा पढौ

२७.५१ अंकले बढ्यो नेप्से, कारोबारमा आइसिएफसि फाइनान्स अब्बल

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा हरियाली छाएको हो । यसदिन व्यापार उपसमूहरुको १.०७ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको ४.११ प्रतिशतले बृद्धि भएको छ । कारोबार रकममा भने खासै बृद्धि भएको देखिएन । नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४ विन्दुमा पुगेको छ । नेप्सेमा १.०८ प्रतिशतको बृद्धि देखिएको छ भने सेन्सेटिभ इण्डेक्स ७.२४ अंकले बढेर ४९०.६८ विन्दुमा पुगेको छ । कुल २२५ कम्पनीको शेयर कारोबार… पुरा पढौ

सानिमा र माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, ७ असोज । नेपाल स्टक एक्सचेन्जमा सानिमा बैंक तथा माछापुच्छ्रे बैंकको शेयरमूल्य आज समायोजन भएको छ । दुबै बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेको हाे । सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर समायोजन भएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन भएको छ । शेयरमूल्य सामायोजन भएपछि सानिमा बैंकको शेयरमूल्य प्रतिकित्ता ४१७ रुपैयाँ ७८ पैसा तथा माछापुच्छ्रे बैंकको प्रतिकित्ता शेयरमूल्य ३२२ रुपैयाँ ७ पैसा निर्धारण… पुरा पढौ

चुलिंदो ऊर्जा सङ्कट : विश्वव्यापी आर्थिक मन्दीको खतरा

काठमाडौं, ७ कात्तिक । कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका ठूला उत्पादक मुलुक नै अहिले सङ्कटमा परेपछि त्यसको असर विश्वभर हरेक क्षेत्रमा पर्ने निश्चित छ । खासगरी कोइला उत्पादन तथा खपत बढी गर्ने चीन र भारत मात्र होइन, केही युरोपेली मुलुकले समेत चरम रूपमा ऊर्जा सङ्कटको सामना गरिरहँदा यसले विश्व अर्थ व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्ने भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसमा पनि हाम्रोजस्तो आयातीत ऊर्जामा निर्भर रहनुपर्ने… पुरा पढौ

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा

काठमाडौं, ७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२, ३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने जानकारी दिए। “सर्लाहीमा अहिले ढल्केबर… पुरा पढौ

निगमले सुरु गर्याे पहाडी जिल्लामा उडान

गोदावरी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि… पुरा पढौ

मिर्मिरे लघुवित्तको सिइओमा पुष्कर राज जोशी नियुक्त

काठमाडाैं, ०७ कार्तिक । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले पुष्कर राज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उहाँलाई यहि कार्तिक ०८ गते बाट लागु हुनेगरि आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ। संस्थाको २२१ औं सञ्चालक समितिको बैठकले उहाँलाई नियुक्त गरेको हो। तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो । बैंकिङ क्षेत्रका एक… पुरा पढौ

आईतबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनमा एकैपटक रुपैयाँ ४०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन स्थिर रहि बिहिबारकै मूल्यमा प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ