आर्थिक 📈

बजेटकाे ठूलाे हिस्सा-चालु खर्च: पाैने १२ खर्ब (५९.८%) विनियाेजन

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा यो खर्च अनुमान करिब २५ प्रतिशतले बढी भएको जानकारी दिनुभयो। खर्चको वर्गीकरण: चालु खर्च सबैभन्दा बढी कुल विनियोजित बजेटमध्ये चालुतर्फ सबैभन्दा ठूलो हिस्सा रहेको छ भने पुँजीगत र वित्तीय व्यवस्थातर्फ परिमाण झन्डै बराबर देखिन्छ: चालु खर्च: रु १२ खर्ब ७०… पुरा पढौ

सरकारद्वारा २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक: ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य

काठमाडौं, १५ जेठ । सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकाङ्क्षी बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र डिजिटल तथा भौतिक पूर्वाधारमा छलाङ मार्ने लक्ष्यसहित यो बजेट ल्याइएको बताउनुभयो । रास्वपा सरकारको कोर एजेन्डा र भिजनलाई समेटेर तयार पारिएको यो पहिलो पूर्ण आकारको बजेट हो । बजेटको विनियोजन (खर्चको विवरण) सरकारले चालु, पूँजीगत र वित्तीय व्यवस्थापन… पुरा पढौ

बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौं, १५ जेठ। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गर्नुभयो । त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’, ‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध… पुरा पढौ

भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने

काठमाडौं, १५ जेठ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणाली, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थामा व्यापक सुधार गर्ने घोषणा गर्नुभयो । उहाँले कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति पनि अघि सारेको बताउनुभयो । करदातामैत्री वातावरण निर्माण गर्दै लामो समयदेखि कायम कर विवाद समाधानका लागि विशेष छुट… पुरा पढौ

वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हवका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले बजेटमा वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन… पुरा पढौ

आर्थिक वर्ष २०८३/८४ काे बजेट (Live)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो। चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो। जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९… पुरा पढौ

देशभर ३२ हजार बढी सहकारी, बचत १० खर्ब २९ अर्ब नाघ्यो (आर्थिक सर्वेक्षण)

काठमाडौं, १५ जेठ । नेपालमा सहकारी संस्थाहरूको सङ्ख्या ३२ हजार ३२५ पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीहरूको सङ्ख्या उक्त परिमाणमा पुगेको हो। तथ्याङ्क अनुसार सहकारी क्षेत्रमा कुल १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ शेयर पुँजी रहेको छ भने १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ। यस क्षेत्रले देशभर ८२ हजार २१६ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको सर्वेक्षणमा उल्लेख छ। आधाभन्दा… पुरा पढौ

चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब बराबरको निर्यात

वीरगञ्ज (पर्सा), १५ जेठ। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिनुभयो । चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात… पुरा पढौ

आम्दानीभन्दा बढी खर्च, नेपाल वायु सेवा निगम खर्बको दायित्वमा थलिँदै

काठमाडौं, १५ जेठ १५ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको आर्थिक अवस्था फेरि एकपटक चिन्ताजनक मोडमा पुगेको छ। 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा रिपोर्ट २०८३' अनुसार, निगमले आर्थिक वर्ष २०८१-८२ मा आफ्नो आम्दानीभन्दा १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बढी खर्च गरेको छ। रिपोर्टका अनुसार, उक्त आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय २० अर्ब ६० करोड ६९ लाख रुपैयाँ थियो। तर, निगमले २१ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन खर्च गरेको छ। यो असन्तुलनले निगमको सञ्चालन घाटा ६.३६ प्रतिशतले… पुरा पढौ

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

काठमाडौं, १५ जेठ। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक… पुरा पढौ