आर्थिक 📈

अपडेट : यस्तो छ शेयर बजारको यात्रा

काठमाडौं, १२ असोज । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार प्रि-ओपन सेसन नकारात्मक देखिएको छ । नेप्से परिसूचक करिब २ अंकले घटेको देखिएको छ । सोमबार ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेर बन्द भएको शेयर बजार आजको ओपनिङ सेसनमा १.८१ अंकले बटेको देखियो भने २६८३.६० विन्दुमा झर्यो । प्रि-ओपन सेसनमा १७ कम्पनीले शेयर कारोबार गरे । उनीहरुमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको देखियो भने १० कम्पनीको घटेको पाईयो । यो समयमा ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको पाईयो ।… पुरा पढौ

फेरि घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १२ असोज । साताको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा अघिल्लो दिनको तुलनामा फेरबदल भएको छ । छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भई प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन

वीरगञ्ज, १२ असोज । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पु¥याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो । विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने… पुरा पढौ

विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा, सन्तोषजनक उपलब्धि हाँसिल

काठमाडौं, १२ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हाँसिल भएको निष्कर्ष निकालेको छ । समितिको १०औँ बैठकले पुनःनिर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारबाट पुनःनिर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिलाई ग्रहणसमेत गरेको छ । कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक (एडिबी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जापान… पुरा पढौ

महासंघ र आइएलओका निर्देशकबीच भेट, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनामा सहकार्य गरिने

काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले छलफल गरेका छन् । महासङ्घ सचिवालयमा भएको भेटकामा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनलगायत विषयमा सहकार्य गरिने विषयमा कुराकानी भएको थियो । छलफलका क्रममा महासङ्घका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेशनलगायत सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे। उनले महासङ्घले मुलुकको आर्थिक… पुरा पढौ

मुख्यमन्त्री र युएनडिपी आवासीय प्रतिनिधि भेट-गरिबी निवारणमा सहयोग गर्ने

पोखरा, ११ असोज । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले उक्त प्रतिबद्धता जनाएकी हुन् । गण्डकी प्रदेशका २ लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने आवासीय प्रतिनिधि आसायनीले बताएकी हुन् । उनले भनिन्, ‘२ लाख नागरिक गरिब रहेको तथ्यांक छ,… पुरा पढौ

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि… पुरा पढौ

७३.०५ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब माथि

काठमाडाैं, ११ असाेज । साताको कारोबार हुने दोश्रो दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् भने कारोबार रकम पनि घटेको छ । चाडपर्व नजिकै आईरहेको बेलामा लगानीकर्ताहरुले रकमको जोहो गरिरहेका र शेयर बिक्रीलाई बढोत्तरी दिएका छन् । असोजमै बैंकहरुले ब्याज बढाएका छन् । राष्ट्र बैंकको १२ करोडको कर्जा सिमाको असर अझैं शेयर बजारमा परिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेको छ ।… पुरा पढौ

दुई महिनामा आठ अर्ब राजस्व

वीरगञ्ज, ११ असोज । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन र भदौमा कूल रु सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई… पुरा पढौ

लाग्याे उकालाे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ११ असोज । साताको दोश्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउमा यसदिन रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन स्थिर रहि प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको… पुरा पढौ