आर्थिक 📈

‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ४ असोज । साताको कारोबार हुने दोश्रो दिन साेमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा… पुरा पढौ

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, ४ असोज । नेपाल ल्युब आयल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । प्रस्तावित लाभांश प्रयाेजनका लागि कम्पनीको साधारण सभा असोज १८ गते डाकिएको छ । साधारण सभा संस्थाको ललितपुर झम्सिखेलमा रहेको कार्यालयमा पूर्वान्ह साढे ११ वजे डाकिएको छ । कम्पनीको संचालक समितिको बैठकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शेयरधनीहरुले लाभांश सुरक्षित गर्नका लागि सोमबारसम्म अन्तिम मौका रहेको छ । असोज ५ देखि असोज १८ गतेसम्म कम्पनीकाे बुक क्लोज गरिएको छ ।… पुरा पढौ

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडाैं, ४ असाेज । नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि… पुरा पढौ

साेमबारदेखि नयाँ नोट साटन पाईने, एक जनाले बढीमा १८ हजार ५०० पाउने

काठमाडौं, ३ असोज । नेपालीका चाडपर्व अब लहरै आउन लागेका छन् । वडा दशैं, दीपावली, छठ, नेपाल संवत् तथा ल्होसारलगायतका पर्वहरू आउनै लाग्दा नेपाल राष्ट्र बैंकले साेमबारबाट नयाँ नोट सटहिमा ल्याउन लागेपछि सर्वसाधारण त्यसको पखाईमा रहेका छन् । काठमाडौं उपत्यकामा सर्वसाधारणले नेपाल राष्ट्र बैंकले अनुमति दिएका वाणिज्य बैंकहरु र शाखा कार्याहरुबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाईएको छ । नयाँ नोट नेपाल राष्ट्र बैंककाे केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट साट्ने व्यवस्था मिलाईएको छ । बैंकले सटहिको लागि बैंक तथा वित्तीय संस्थाहरुमा… पुरा पढौ

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालकाे माग

काठमाडौं, ३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गरेका हुन । आज आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको… पुरा पढौ

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : घिसिङ

कावासोती, ३ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर पुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ” उनले भने, “हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्याे । ”निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध… पुरा पढौ

लाभांश पारित गर्न प्रभु क्यापिटलले बोलायो साधारण सभा

काठमाडौं, ३ असोज । प्रभु क्यापिटलले १३ औं साधारण सभा असोज १६ गते बोलाएको छ । साधारण सभा काठमाडौं ठमेलस्थित होटल अलफ्ट छाँया सेन्टरमा पूर्वान्ह ११ वजे बोलाईएको छ । साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांशलाई पारित गर्नेछ । क्यापिटलको चुक्ता पूँजीको २२.३८८५ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजनका लागि १७.६१ प्रतिशत लाभांश रहेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रबन्धपत्र र नियमावली संशाेधनसम्बन्धी विशेष प्रस्तावलाई छलफल गरी पारित गरिने भएको छ… पुरा पढौ

मेगा बैंककी नायब कार्यकारी सिईओ रविना देशराज विभुषित

काठमाडौं, ३ असोज । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधन दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएकी छन् । श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री चौथोबाट विभुषित गर्ने घोषणा गरिएको हो । बैंकको स्थापनकालबौ सेवा निरन्तर रहेकी श्रेष्ठले २१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड लगायतका अवार्डबाट सम्मानित भइसकेकि छन् । उनको सेवाकाल तीन दशक भईसकेको छ । उनको बैंकिङ व्यापार तथा ग्रामीण बैंकिङमा विशेष दख्खल रहेको छ । श्रेष्ठले भारतको कोलकाता मदर टेरेसाज होम… पुरा पढौ

छापावाला सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौं, ३ असोज । साताको पहिलो दिन आईतबार छापावाला सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने २० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनको भाउ स्थिर रहि शुक्रबारको मूल्यमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीकाे भाउ आज २० रुपैयाँले… पुरा पढौ