आर्थिक 📈

सुन प्रतितोला ७ सय रुपैयाँ घट्यो

काठमाडौं, ३१ भदौ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । यसैगरी चाँदीको मूल्य स्थिर छ । प्रतितोला १ हजार २ सयमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम चाँदी १… पुरा पढौ

व्यवसायीका समस्या हल गर्न पहल गरिँदै: चन्द्रप्रसाद ढकाल

सुरुंगा , ३१ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासंघले पहल गरिरहेको बताएका छन् । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासघले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए । कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको… पुरा पढौ

कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढ्यो

काठमाडौं, ३० भदौ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घका अनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रतिमेट्रिक टन एक हजार ३६३ डलर पुगेको छ ।… पुरा पढौ

राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने जानकारी दिएको । राष्ट्र बैंकले एक सूचना जारी गरी काठमाडौं उपत्यकाका लागि इजाजत प्राप्त वाणिज्य बैंकहरु र तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ । काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकले तोकेका नजिकका शाखा कार्यालयहरुबाट नयाँ नोट सटहिकाे सुविधा दिईएको केन्दीय बैंकले जारी गरेको सूचनामा जनाईएको छ । बैंकले नाेट सटहिका लागि जाँदा नेपाल सरकारले लागू गरेका… पुरा पढौ

बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० भाद्र । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ । फाइनान्सकाे यस साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट… पुरा पढौ

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल

काठमाडौं, ३० भदौ । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिए ।… पुरा पढौ

४०.२६ अंकले घट्यो नेप्से, ब्याज बढ्ने हल्लाले शेयर बजार प्रभावित

काठमाडौं, ३० भदौ । शेयर बजार लगातार ओरालो लागेको छ । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकम १६ कराेडले बढोत्तरी भएपनि ५ अर्बमाथि पुग्न सकेन । यसदिनको बजार बन्द हुँदाको नेप्से परिदृश्यले लगानीकर्ताहरुको मन बिथोलिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको १२ करोडको शेयर कर्जा सीमापछि सन्तुलन गुमाएको शेयर बजारले अझैं लय लिन सकेको… पुरा पढौ

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं, ३० भदौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी २ अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो । कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित… पुरा पढौ

सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ३० भदौ । साताको चौथो दिन बुधबार छापावाला सुनको भाउ ह्वात्तै बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी स्थिर रहेर मंगलबारकै मूल्य प्रतिताेला १ हजार २०० रूपैयाँमा काराेबार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन ६०० रुपैयाँले बृद्धि भएको छ । यसरी बढेको सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार… पुरा पढौ

उपभोक्ताको गुनासो : पसलैपिच्छे ग्याँसको फरक मूल्य

डोटी, ३० भदौ । खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ । यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल… पुरा पढौ