आर्थिक 📈

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य

काठमाडौं, १६ भदौ । निरन्तर सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा बुधबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १० रुपैयाँले गिरावट आएको हो । छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा १० रुपैयाँले गिरावाट भएको छ । चाँदी… पुरा पढौ

रु एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ : सञ्चालनको अन्तिम तयारी

चितवन, १६ भदौ । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु ७५ करोड लगानी भइसकेको जनाउँदै उहाँले सबै काम सम्पन्न गर्दा रु एक अर्ब हाराहानी खर्च हुने बताए । रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत… पुरा पढौ

महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु

सिन्धुपाल्चोक, १६ भदौ । मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो । साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत्… पुरा पढौ

हुण्डी कारोबारका आरोपी रु ३० लाखसहित पक्राउ

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद रु ३० लाख सात हजारसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नं १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् । गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जाँच… पुरा पढौ

प्रभु क्यापिटलले ल्यायो पिएमएस अन्तरगत प्रभु ऐश्वर्य योजना

काठमाडाैं, १५ भाद्र । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नुहुनेछ । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीको तेश्रो वार्षिक उत्सव सम्पन्न, समग्र कृषि विकासमा सहकार्य गर्ने

काठमाडौं, १५ भदौ । मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गरेर अगाडी बढ्ने बताइएकाे छ । कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा… पुरा पढौ

शेयर बजार सर्वत्र राताम्मै, कारोबार रकममा आयो भारी गिरावट

काठमाडौं, १५ भदौ । साताको तेश्रो दिन मंगलबार शेयर बजार राताम्मै भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । १३ वटै उपसमूहहरु राताम्मै हुँदा कारोबार रकममा पनि भारी गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा झरेको छ । नेप्से २.२७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १२.३४ अंकले घटेर ५५०.५२ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयरको खरिदबिक्रीबाट… पुरा पढौ

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन

चितवन, १५ भदौ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०÷३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम… पुरा पढौ

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

काठमाडौं, १५ भदौ । पाँचाै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिइन् । महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १५ भदौ । साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको… पुरा पढौ