आर्थिक 📈

एक अर्ब ६० करोडमा चोभारमा तयार भयो सुक्खा बन्दरगाह

काठमाडौं, १८ भदौ । चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले रु एक अर्ब ६० करोड लगानीमा ५०० कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टिन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि तीन वटा भवन निर्माण गरिएको छ । यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन वटा… पुरा पढौ

मार्मामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला, १८ भदौ । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ । दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ । अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका… पुरा पढौ

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट चार अर्ब बीस करोड

काठमाडौं, १८ भदौ । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् । भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडाैं, १८ भाद्र । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यहि भाद्र १७ गते मुक्तिनाथ विकास बैंक लि. र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका बीच मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ नामको ऋणपत्र सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो । बैंकको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण भएको हो । जसको व्याजदर ८.७५ प्रतिशत रहेको छ । बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि.(धितोपत्र निष्काशन तथा बिक्री… पुरा पढौ

लगातारको गिरावटपछि सुनको भाउ बढ्यो, चाँदीको घट्याे

काठमाडौं, १८ भदौ । नेपालीका हरेक महिना कुनै न कुनै चाडपर्व परिरहेका हुन्छन् । चाडको बेलामा चाहेको सुकिलो पहिरण तथा गरगहना लगाउने चलन चल्दै आएको छ । अन्य समयको तुलनामा चाडपर्वको सिजन भनेको गरगहना किनमेलको सिजन पनि हो । किनमेलको सिजनमा अपेक्षा गरेअनुसार व्यावसायीक सफलता भने कोरोना कालभन्दा अगाडीको जस्तो नभएको व्यवसायी बताउँछन् । नेपाली चेलीहरुको महानपर्व तीजको अवसरमा धेरै गरगहनाको कारोबार गर्ने चलन उहिलेको जस्तो स्वास्थ्य विपदका कारण कमि आएको स्वर्णकार कल्याण समितिका पदाधिकारीले बताएका छन् । साताको सुनको… पुरा पढौ

लगानीको अवसर : सामलिङ पावरको आइपीओ आजदेखि खुल्ला

काठमाडौं, १८ साउन । सामलिङ पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । यसअघि आइपीओ साउन २२ गतेबाट निष्काशन गर्ने भनिएको थियाे । कोरोना भाइरसको संक्रमणकाे जोखिमको कारण जिल्लामा लागू गरिएको निषेधाज्ञाले स्थगित गरिएको थियो । प्रतिशेयर १०० रुपैयाँ मूल्य अंकित दरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशनका लागि सेबोले अनुमति दिएको छ । कम्पनीले… पुरा पढौ

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौँ, १८ भदौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ । यस्ता… पुरा पढौ

समाज लघुवित्त र स्वस्तिकबीचको मर्जर प्रक्रिया बहुमत शेयरधनीहरुद्वारा अस्वीकार

काठमाडौं, १७ भदौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको विषेश साधारण सभाको निर्णय र शेयरधनीहरुको बहुमतले स्वस्तिक लघुवित्तसंग गाभ्ने, गाभिने कार्यलाई अस्वीकार गरेको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त र सिराहाको लाहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरको लागि गएको असोज ५ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ३७ प्रतिशत शेयरधनीहरुबाट सैद्धान्तिक सहमतिमा केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तकाे केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिकसंग मर्जर गर्न नसकिने भन्दै बहुमतले मर्जरको… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिमचोकमा

काठमाडाैं, १७ भाद्र । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बिहीबार देखि चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न… पुरा पढौ

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो

काठमाडौं, १७ भदौ  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकि छन् । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिइन । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए । उनले पहिलो चरणमा… पुरा पढौ