आर्थिक 📈

शेयर बजार ओरालो यात्रामा, नेपाल राष्ट्र बैंकको १२ करोडको सीमालाई सहेन

काठमाडौं, १७ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहको सूचकांक ऋणात्मक देखिएको छ भने कारोबार रकमले पनि लगानीकर्तामा उत्साह थप्न सकेन । बिहिबार नेप्सेमा भएको करेक्सनको प्रतिफल परिसूचक, सेन्सेटिभ इण्डेक्स, १३ वटै उपसमूहहरु र कारोबार घटेको छ । यो हुनुको कारण नेपाल राष्ट्र बैंकले तोकेको १२ करोडको सीमा नै हो । जसको कारण शेयर बजारमा गिरावट आएको हो । मौद्रिक नीति २०७८ तथा एकिकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई… पुरा पढौ

सुनको भाउ निरन्तर ओरालो लाग्दै, चाँदीकाे बढ्याे

काठमाडौं, १७ भदौ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएको छ । सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । चाँदीको भाउ सामान्य रुपले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९०… पुरा पढौ

९०० मेगावाट क्षमताको अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

खोटाङ, १७ भदौ । अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन शुरु गरिएको हो । सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरमा अरुण तेस्रोको प्रसारणलाइन जोडिने आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रवीण यादवले बताए । विसं २०७२ मा गरिएको गुगल परीक्षणका क्रममा साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३०÷४०… पुरा पढौ

मिनिसोले ल्यायाे दशैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

काठमाडौं, १२ असोज । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ । यो अफर नेपालभर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १०… पुरा पढौ

वोमी र सूर्योदय लघुवित्तबीच भयो मर्जर सम्बन्धी सम्झौता

काठमाडौं, १६ भदौ । वोमी लघुवित्त वित्तीय संस्था तथा सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । दुबै संस्थाबीचमा गाभ्ने, गाभिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर भएपछि दुबै लघुवित्तले ३/३ जना रहनेगरि संयुक्त मर्जर कमिटि पनि गठन गरेका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था स्याङ्जामा रहेको छ भने वोमी लघुवित्त काभ्रेको बनेपामा रहेको छ । दुई लघुवित्त वित्तीय संस्थाबीचमा आगामी पुस महिनाको अन्तिमसम्म मर्जरलाई पूर्णता दिने मंगलबार सहमति गरिएको छ । मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त… पुरा पढौ

सानिमा लाईफकाे २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १६ भदौ । सानिमा लाईफ इन्स्योरेन्सको २ करोड कित्ता आइपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सानिमाले पहिलो कारोबारको लागि प्रतिशेयर मूल्य न्यूनतम १०३ रुपैयाँ १७ पैसा तथा बढीमा ३०९ रुपैयाँ ५१ पैसाको रेन्ज पाएको छ । साधारण शेयर नेप्सेमा सूचीकृत भएपछि दोश्रो बजारमा कारोबार बिहिबारबाट शुरू हुने भएको छ । कम्पनीको दोश्रो बजारमा कारोबार गर्नका लागि एसएलआई (SLI) संकेत पाएको छ । कम्पनीले गएको साउन २० गते सर्वसाधारणका लागि रुपैयाँ १०० अंकित मूल्यमा ६० करोड… पुरा पढौ

नेप्सेमा दाेहाेराे अंककाे बृद्धि, लगानीकर्तामा थपियो उत्साह

काठमाडौं, १६ भदौ । साताको चौथो दिन बुधबार शेयर बजार उकालो लागेको छ । लगातार ओरालो लागेको शेयर बजार सकारात्मक लयमा गएपछि लगानीकर्ताहरुमा उत्साह जागेको छ । अक्सर नेप्सेमा घट्ने र बढ्ने दृश्यहरु देखिरहन पाईन्छ । आज पनि नेप्सेमा घट्ने र बढ्ने दृश्य भईरहे पनि अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको बृद्धि भयो । नेप्से परिसूचक १.१४ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक २९७६.९८ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं, १६ भदौ । भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पु¥याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका, नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणको… पुरा पढौ

आन्तरिक आम्दानी बढाउँदै बागलुङ

बागलुङ, १६ भदौ । यहाँका स्थानिय तहले आन्तरिक आम्दानीमार्फत नै सरकार सञ्चालन गर्नु सङ्घीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक आय बढाउनभन्दा सङ्घ र प्रदेशको बजेटमा निर्भर छन् । खासगरी स्थानीय स्रोत र साधनको पहिचान र अधिकतम प्रयोग गरी स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा कतिपय स्थानीय तहले करको दायरा फराकिलो नबनाई करको दर मात्रै बढाएको भन्दै विरोधसमेत हुने गरेको छ । बागलुङ नगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आम्दानी बढाएको छ । आर्थिक वर्ष २०७७/७८ सालमा झन्डै… पुरा पढौ

वोमी र सूर्योदय लघुवित्तकाे मर्जर सम्झौता

काठमाडौं, १६ भदौ । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको हो। वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ। पुरा पढौ