आर्थिक 📈

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

सिन्धुपाल्चोक, ३० साउन । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखे । सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री… पुरा पढौ

३ कराेड कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

काठमाडौं, ३० साउन बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई आज काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध… पुरा पढौ

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडैं, ३० साउन । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड शनिबार सम्पन्न भएको छ । प्राथमिक शेयर निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ । दोहोरो आवेदनका कारण रद्ध भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्ध भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेकाेलाई… पुरा पढौ

सहुलियतपूर्ण कर्जाको छैन अनुगमन

काठमााडैं, ३० साउन । राज्यले कृषिमा लगानी बढाउँदै लगेको भए पनि लगानीअनुसारको प्रतिफल प्राप्त हुनसकेको छैन । गत असार मसान्तसम्म ४६ हजार ५७ व्यक्तिले राज्यबाट १ खर्ब ६ अर्ब ९८ करोड सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् । सो रकम कृषि क्षेत्रमा विनियोजन गरिएको कूल बजेटको झण्डै ५ प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड रकम विनियोजन गरिएको छ । त्यसो त राज्यले कृषि क्षेत्रमा क्रमशः लगानी बढाउँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९को… पुरा पढौ

कोरोनाको कहरबीच ठमेलमा २ अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा

काठमाडौं, ३० साउन । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच रु दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौं’ सञ्चालनमा आएको हो । उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । उक्त चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरुआत्मा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष… पुरा पढौ

मानुषी लघुवित्तकाे आईपीओमा साढे १८ लाखकाे आवेदन

काठमाडौं, ३० साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्म कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो। लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६… पुरा पढौ

महासङ्घद्वारा मौद्रिक नीतिको स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं, ३० साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको स्वागत गर्दै प्रभावकारी कार्यान्वयमा जोड दिएको छ । मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको भन्दै महासङ्घले आव २०७७/७८ मा दिएका पुनरकर्जा, पुनरसंचना तथा पुनतालिकीकरणलगायत कतिपय सुविधालाई नै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुग्ने विश्वास लिएको छ । रु एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुले… पुरा पढौ

राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८, २०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन । नीति कोरोनाबाट थिलोथिलो भएको उद्योग व्यवसायका लागि लक्षित रहेको छ । गभर्नर अधिकारीले कोरोनाकाे कारण प्रभावित बनेको अर्थतन्त्र केन्द्रित नीतिले राहत प्रदान गर्ने गरी मौद्रिक नीति ल्याइएको जानकारी दिएका छन् । मौद्रिक नीतिको पूर्ण विवरण तलकाे लिंक क्लीक गरेर पढ्न सकिन्छ । https://drive.google.com/file/d/1C-l_Jg7Fu_SwQWmFu2hvGP_ZEUeLG6Hx/view?usp=sharing पुरा पढौ

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई चार समूहमा वर्गिकरण (सूचीसहित)

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई चार भागमा वर्गिकरण गरेको जनाएको छ । नेप्सेले ए, बी, जी तथा जेड गरी चार समूहमा वर्गिकरण गरेको हो । नेप्सेका अनुसार समूह ए मा २० वठा वाणिज्य बैंक रहेका छन् । २ वटा विकास बैंक, एक फाइनान्स, एक लघुवित्त र ४ वटा हाइड्रोपावरसहित २८ वटा रहेका छन् । समूह बीमा एक वाणिज्य बैंक, १० वटा कम्पनी रहेका छन् । समूह जीमा २७ वटा कम्पनी रहेका छन । ७ वटा लघुवित्त,… पुरा पढौ

सार्वजनिक हुनु अगाडी नै मौद्रिक कसरी चुहियो ? इम्शनद्वारा छानविन गर्न माग

काठमाडौं, २९ साउन । राष्ट्र बैंकले आज अपरान्ह सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडी नै सार्वजनिक भएको भन्दै इकोनोमिक मिडिया सोसाइटी नेपाल-इम्शनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव लोचन खतिवडाले एक विज्ञप्ति जारि गरी नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले दीर्घकालिन रुपमा असर पार्ने मौद्रिक नीतिलाई आफु अनुकुलका र निकटका संचारमाध्यमलाई वितरण गर्नु गम्भिर विषय भएको बताएका छन् । मौद्रिक नीति संचालक समितिमा छलफल पछि पारित गरेर सार्वजनिक गर्नुपर्ने हुनाले यसका बारेमा… पुरा पढौ