आर्थिक 📈

प्राथमिकतामा खोप र अक्सिजन उत्पादन गर्ने उद्योग

काठमाडौं, २८ । साउनकोभिड–१९ तथा सङ्क्रामक रोगविरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै दुई उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियत कर्जा पाइरहेका छन् ।… पुरा पढौ

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, २७ साउन । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा… पुरा पढौ

वित्तीय पहुँच बढाउन घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंकबीच सम्झौता

काठमाडौं, २७ साउन । लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गरे । सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच… पुरा पढौ

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरांै । देश, जनता र राष्ट्रका अपेक्षा… पुरा पढौ

घिसिङ प्राधिकरणमा आएकै दिन हाइड्रोमा बढी आकर्षण, काराेबारमा उत्साह

काठमाडौं, २७ साउन । कहिलेकाँहि संयोग यस्तो पनि परेकाे देखिन्छ। साताको चौथो दिन बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी दिर्नेशकमा कुलमान घिसिङ नियुक्त भएकाे खबर आएसंगै लगानीकर्ताहरुको बढी आकर्षण हाइड्रोपावरमा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार भएको छ । अधिकांश सूचकहरु घटेका भएपनि कारोबार रकम भने उत्साहजनक रहेको छ । नेप्से ०.९४ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से ३१६२.५९ विन्दुमा पुगेको छ । नेप्से ०.०३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने घटेको छ । यो २.३८… पुरा पढौ

मानुषी लघुवित्तको शेयर भर्न एनएमबि बैंकले ल्यायो अनलाइन योजना, कसरी भर्ने ?

काठमाडौं, २७ साउन । एनएमबी बैंकले आजबाट खुल्ला भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक शेयर (आइपीओ)को लागि बिशेष योजना ल्याएको छ । बैंकको योजना अनुसार आइपीओमा आवेदन दिनका लागि आफ्नो र परिवारजनको डिम्याट खाता र मेरो शेयर खाता एनएमबि बैंकका शाखा कार्यालयबाट २४ घन्टामै खोलेर अनलाइनमार्फत आवेदन दिन सकिने भएको हाे । डिम्याट, मेरो शेयर र सिआरएन सम्बन्धि जानकारीका लागि एनएमबि बैंकको नजिकको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । साथै कल सेन्टर नम्बर ०१-५९७०१५०/१५१ मा सम्पर्क गर्न… पुरा पढौ

नेप्से अपडेट: ८.४१ अंकले बढ्यो, ७ अर्ब ८७ करोड बढीको कारोबार

काठमाडौं, २७ साउन । साताकाे चाैथाे दिन बुधबार शेयर बजारको यात्रा सुखद् मानिएको छ । बजार बन्द हुँदाको अवस्थासम्म आरोह अवरोहको घटनाक्रमको नतिजा आउन बाँकी नै रहने भएकोले उक्त समयसम्म भने कुर्नै पर्छ । नेप्से ८.४१ अंकले बढेर ३१७०.०६ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले घटेर ५८८.०१ विन्दुमा पुगेको छ । यो समाचार तयार पर्दासम्म कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३४ लाख ३६ हजार ४९६… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २७ साउन । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा फेरि गिरावट भएको छ । छापावाला सुनको मूल्यमा रुपैयाँ ४०० तथा चाँदीमा रूपैयाँ १५ ले गिरावट भएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

मानुषि लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, २७ साउन । मानुषि लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । आइपीओमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने आइपीओको लागि लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । संस्थाले तीन लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि रहेको छ । पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड, ५ लाख सम्मको क्रेडिट लिमिट पाइने

काठमाडौं, २६ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरे । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि… पुरा पढौ