आर्थिक 📈

दूध बिक्री गर्ने कृषकलाई रु १८ लाख अनुदान वितरण

दमौली, २६ साउन । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका… पुरा पढौ

हाइड्रोपावर र फाइनान्सकाे आकर्षणसंगै नेप्सेमा सामान्य बृद्धि, सेन्सेटिभ इण्डेक्समा गिरावट

काठमाडौं, २५ साउन । नयाँ आर्थिक वर्षको अन्तिम साताको दोश्रो दिन सोमबार शेयर बजारमा सामान्य बृद्धि देखिएको छ । तर यसदिन सेन्सेटिभ इण्डेक्स भने घटेको छ । लगानीकर्ताहरुको हाइड्रोपावर र फाइनान्सप्रति भएको आकर्षणले परिसूचक सकारात्मक दिशामा जान सहयोग गरेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा पुगेको छ । कुल २२४ कम्पनीहरुको शेयर कारोबार भएको छ । २ करोड ५३ लाख ९३… पुरा पढौ

बढ्यो आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफा

काठमाडौं, २५ साउन । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा मनग्यै नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक गरिएको वित्तीय विवरणले संस्थाको खुद नाफा बढेको देखिएको छ । पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्ममा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो अघिल्लो पटकको भन्दा ११४.९५ प्रतिशत बढी हो । लघुवित्तले जोखिम व्यवस्थापन रकम नछुट्याएपछि खुद ब्याज तथा संचालन मुनाफामा बृद्धि भएको हो । संस्थाको ब्याज आम्दानी ३८.६९ प्रतिशत बढेको देखिन्छ । संचालन… पुरा पढौ

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य

काठमाडौं, २५ साउन । सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । लगातार दुई दिनमा सुनको मुल्य २ हजार ५०० रुपैयाँ घटेको छ । चाँदीमा रुपैयाँ ५० ले गिरावट भएको छ । साताको दोश्रो दिन सोमबार छापावाला सुनको मुल्य रुपैयाँ १००० ले घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुन प्रतितोला ८९ हजार… पुरा पढौ

विश्वकै दोस्रो लामो जिपलाइनमा १३ करोड लगानी, दशैंसम्म संचालनमा आउने

काठमाडौं, २५ साउन । कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । ७ युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ”, उनले भने, “पर्वतमा… पुरा पढौ

एचआइडिसीएलको हकप्रद शेयरमा थपियो आवेदन दिने म्याद

काठमाडौं, २५ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी एचआइडिसीएलले साउन ५ गतेदेखि बिक्रीमा ल्याएको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयरको लागि आवेदन दिने म्याद भदौ ८ गतेसम्म थपिएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा उक्त मितिसम्म आवेदन दिन पाईने भएको हो । कम्पनीले १०० रुपैयाँ मूल्य दरमा ११ करोड कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा ११ अर्ब रुपैया बराबरको जारी गरेको हो । यसका लागि कम्पनीले जेठ २८ मा बुक क्लोज गरेको थियो । जेठ २७… पुरा पढौ

सानिमा लाइफ इन्स्योरेन्समा २४ लाख बढी आवेदन

काठमाडौं, २५ साउन । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । निष्काशन बन्द हुने अन्तिम दिन आइतबार साँझसम्ममा कम्पनीको शेयरमा २४ लाख बढी आवेदन परेको हो । सानिमा लाइफको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको हो । उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ… पुरा पढौ

नारायणगढमा २ अर्ब लागतकाे १२ तले प्लाजा निर्माणका लागि सम्झौता

चितवन, २५ साउन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो । जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस… पुरा पढौ

सरकारको साझा कार्यक्रम : निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म

काठमाडौ, २४ साउन । सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी ऊर्जा क्षेत्रको विकासलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउने विषयलाई महत्वका साथ समेटिएको छ । त्यसका लागि आन्तरिक लगानीबाटै मझौला, ठूला तथा जलाशयुक्त आयोजना… पुरा पढौ

०.६६ अंकले बढ्यो नेप्से, हाइड्रोमा लगानीकर्ताको आकर्षण

काठमाडौं, २४ साउन । साताको पहिलो दिन आईतबार प्रि-ओपन सेसनबाटै हरियो संकेत दिएको शेयर बजारले बजार बन्द हुनु अगाडीको अधिकांश समयमा हरियै संकेत देखाए जस्तै अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा पनि उकालो लागेको देखियो । कारोबार रकम पनि सन्तोषजनक रहेको छ भने लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ बढी देखिएको छ । नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार… पुरा पढौ