आर्थिक 📈

घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २० साउन । साताको चौथो दिन बुधबार सुनको भाउमा गिरावट आएको छ । चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको भाउमा रुपैयाँ ३०० ले गिरावट आएको हो भने चाँदीमा १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

मुस्ताङी ऊनको बजार सुनिश्चित, कृषकमा खुसियाली

म्याग्दी, २० साउन । च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन)… पुरा पढौ

निषेधाज्ञाको कारण सामलिङ पावरले सार्यो आइपीओमा आवेदन दिने म्याद

काठमाडौं, २० साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्रीको तयारी गरेपनि जारि निषेधाज्ञाको कारण मिति पछाडी सारेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले साउन २२ गतेबाट आइपीओ निष्काशन खुल्ला गर्ने बताएको थियो । आयोजना रहेको जिल्ला इलाममा साउन १८ देखि साउनको २५ गतेसम्म निषेधाज्ञा लागू गरिएको कारण कम्पनीले आइपीओमा आवेदन दिने म्याद पछि सारेको जनाएको छ । कम्पनीका अनुसार छिटट्टै अर्को नयाँ सूचना जारि गरेर आवेदन खुल्ला गरिने भएको छ । नेपाल धितोपत्र… पुरा पढौ

आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको शेयर निष्काशन गर्ने

काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । दुबै संस्थाबीच सम्झौता सम्पन्न भएको छ । यसका लागि कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगातवीर चौधरी र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाको रजिष्ट्रार कार्यालय लुम्बिनी प्रदेश, दाङको घोराहीमा रहेको… पुरा पढौ

३१११.०९ विन्दुमा पुग्दै नेप्सेले रच्यो नयाँ कीर्तिमान, कतिको भयो कारोबार ?

काठमाडौं, १९ साउन । साताको तेश्रो दिन मंगलबार पुनः शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले यसअघिको आफ्नै रेकर्डलाई ब्रेक गर्दै अहिलेसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको हो । नेप्सेको यो रेकर्डले गर्दा लगानीकर्ताहरुमा उमंग छाएको छ भने उनीहरुको मनोवल पनि बढेको छ । नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगेको छ । यसअघि नेप्सेमा ३०९४.९४ विन्दुको उच्च रेकर्ड बनेको थियो । बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्सेले उच्च रेकर्ड बनाएपछि शयर बजार गतिशिल हुने अपेक्षा गरिएको… पुरा पढौ

मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, १९ साउन । साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । सुन सोमबारकै मूल्यमा कारोबार भएको छ भने चाँदीमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको बताएको छ । यसअघि सोमबार पनि छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

खराब कर्जा उठेपछि सूर्योदय लघुवित्तको नाफामा उछाल

काठमाडौं, १९ साउन । यतिबेलाको समयमा लघुवित्तहरु बढी चलायमान भईरहेका छन् । उनीहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् भने शेयर बजारमा पनि लघुवित्तप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको छ । लाभको हिसाबले र उनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरुले नाफा कमाएका देखिन्छन् । यस्तैमा सूर्योदय लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको… पुरा पढौ

२० करोडको लगानी जाेखिममा, साहसिक पर्यटक पर्खंदै बन्जी पुल

पर्वत, १९ साउन । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक सयको हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण बन्द भएको थियो । तर अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ । विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले… पुरा पढौ

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काडमाडौं, १९ साउन । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे। कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियाे । सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय… पुरा पढौ

प्रादेशिक बीउ बिजन प्रयोगशाला भवन शिलान्यास

पोखरा, १९ साउन । गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ । पाेखरा १७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे। सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ । प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस… पुरा पढौ